जोमसोम । मुस्ताङका क्रियाशील पत्रकार सुन्दरकुमार थकाली सम्मानित भएका छन् ।
धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा निश्पक्ष तथा तटस्थ भूमिकामा रही निरन्तर खोजपत्रकारिता मार्फत् घरपझोङ गाउँपालिकासहित समग्र मुस्ताङ जिल्लाको पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै घरपझोङ गाउँपालिका कार्यालयले बिहीबार आयोजित पन्ध्रौ गाउँसभा अधिवेशनमा उनलाई दोसल्ला ओढाएर प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।
मुस्ताङ जिल्लाको सुशासन, समृद्धि र विकासका लागि विगत एक दशक अघिदेखि पत्रकारितामा कलम चलाउँदै आइरहेका थकालीलाई गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, उपाध्यक्ष जमुना थकाली र प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले संयुक्त रुपमा दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन् ।
२०७० सालदेखि हिमाली जिल्ला मुस्ताङको कठिन भूगोलमा रहेर निरन्तर पत्रकारिता सक्रिय छन् थकाली । पोखराबाट प्रकाशित आदर्श समाज दैनिकबाट पत्रिका सुरु गरेका पत्रकार थकाली हाल समाधान (पोखरा), अन्नपूर्ण पोस्ट र रासस समाचार एजेन्सीमा कार्यरत छन् ।
यसअघि उनले राजधानी दैनिक र ईमेज टेलिभिजनमा समेत जिल्ला सम्वाददाताको रुपमा कार्यसम्पादन गरिसकेका छन् ।
यसैगरी, घरपझोङ गाउँपालिकाले शिक्षाक्षेत्रमा लामो समयसम्म योगदान पु¥याएका एक व्यक्तिलाई पनि सोही गाउँसभा अधिवेशनमा सम्मान गरेको छ । मुस्ताङको घरपझोङ—४ जोमसोम निवासी शिक्षाप्रेमी जयन्द्रलाल थकालीलाई घरपझोङ गाउँपालिकाले पन्ध्रौ अधिवेशन समारोहमा सम्मान गरेको हो ।
शिक्षाप्रेमी थकालीले २०२७ सालदेखि शिक्षण पेशा र त्यसपछि ३ दशक बढी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रहेर विद्यालयको समग्र भौतिक तथा शैक्षिक विकासमा योगदान पु¥याएका छन् । उनको योगदानको कदर गर्दै घरपझोङ गाउँपालिका कार्यालयले दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको हो ।
शिक्षाप्रेमी थकालीले आफ्नो कार्यकालमा जोमसोममा अवस्थित जनहित माध्यमिक विद्यालयलाई नमूना विद्यालयको रुपमा अघि बढाएका थिए । यस्तै शिक्षाप्रेमी थकाली त्रिभुवन विश्व विद्यालयबाट सम्वन्ध लिएर सामुदायिक तेजनिरला क्याम्पस स्थापना गर्न भूमिका खेलेका थिए । जनहित विद्यालयमा कक्षा १२ सम्मको शैक्षिक पठन÷पाठनका अलावा विद्यालयमा सिभिल ईन्जिनीयरिङ कक्षा समेत सञ्चालन गरेका थिए ।
घरपझोङ गाउँपालिका कार्यालयले पन्ध्रौ गाउँसभा अधिवेशनका क्रममा गाउँपालिकाको प्रतिक चिन्ह (लोगो) तयार गर्ने व्यक्तिलाई पनि गदर पुरस्कारसहित सम्मान गरिएको छ ।
घरपझोङ—५ ठिनीका स्थानीय युवा निरज थकालीले गाउँपालिकाको लोगो तयार गरेको भन्दै उनलाई नगद २० हजार रुपैँया पुरस्कारसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको छ । थकालीले गाउँपालिकाको विशेषताहरु झल्किने गरी लोगो तयार पारेका थिए ।
सम्बन्धित खबर
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी
मार्चेः मुस्ताङको एक लुकेको स्वर्ग [फोटो फिचर]
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’