रञ्जन अधिकारी, पोखरा । पोखरा महानरगपालिका–२२ पुम्दीभुम्दीको कोदी भन्ने स्थानमा आज (मंगलबार) सबेरै बालिका मृत भेटिइन् । १० वर्षीया श्रेया बिक (सुनार) हिजो साँझ साढे ६ बजेदेखि घर फर्केकी थिईनन् । आफन्तले राति सम्म खोजी गर्दा भेट्टाएनन् । तर बिहानै श्रेया मृत अवस्थामा भेटिइन् ।
मंगलबार बिहान ८ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मामा घरबाट पसलतिर जाने बाटोमा पर्ने खोल्सा छेउको झाडीमा शव भेटिएको हो । स्थानीयका अनुसार श्रेया बिस्कुट किन्न भनेर पसलतिर गएकी थिईन्, तर फर्केर आईनन् ।
झाडीमा शव घोप्टो परेको अवस्थामा थियो । बालिकाको निधारमा ढुंगाले हानेर हत्या भएको अनुमान गरिएको छ । शवको छेउमै रगत लागेको ढुंगा भेटिएको छ । तलको कपडा खोलिएको र माथिल्लो भागको कपडा घाँटीसम्मै सोहोरिएको छ ।
बाबुले दोस्रो बिहे गरे पछि उनी आमासँगै मामाघरमा बस्दै आएकी थिइन् । उनी स्थानीय लीला आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्दै आएकी थिइन् । बिरामी रहेकी आमा बेले बिक डेढ महिना अघिमात्रै उपचार गराएर घर फर्केकी थिईन् ।
स्थानीयले खबर गर्ने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले हत्या भएको देखिएपनि रेप भएको बारे पोष्टमार्टम रिपोर्टपछि नै थाहा हुने बताए । बलात्कारपछि हत्या हो ? भन्ने ‘मर्डर भएको छ । रेप भन्ने कुरा प्रहरीले कसरी बताउने ? पोष्टमार्टमका लागि हस्पिटल ल्याइएको छ । रिपोर्टले नै बताउँछ ।’ डिएसपी कार्कीले भने ।
घटनाबारे थप बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले फोन काटिदिए भने प्रवक्ता डिएसपी रबीन्द्रमान गुरुङको फोन उठेन ।
स्थानीय आन्दोलित
स्थानीयले बलात्कार गरेर हत्या गरेको हुनसक्ने अनुमान गरेका छन् । हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने, पोष्टमार्टमका लागि शव लैजान दिँदैनौं भन्दै स्थानीयले धेरै समय प्रहरीलाई शव उठाउन समेत दिएन । नाराबाजी गर्दै गाउँ नै उल्टिएर प्रहरीलाई अवरोध गरेका थिए ।
पछिल्लो दुई तस्विरः दीपक परियार/कान्तिपुर बाट सौजन्य ।
प्रकाशित मितिः २०७५ असोज ९, दिउँसो २ः४०
सम्बन्धित समाचार
http://gandaknews.com/shreya/
ब्रेकिङ न्युजः पोखराको पुम्दीभुम्दीमा हिजोदेखि हराएकी बालिका मृतअवस्थामा फेला
सम्बन्धित खबर
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
चार दिनदेखि बन्द पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
बुद्ध जयन्तीमा याङ्जाकोटमा मेला हुने
त्रिभुवन पौडेल स्मृति अक्षयकोषको लागि मञ्च गण्डकीको सहयोग
श्रमको सम्मान नगर्नेहरू असभ्य नागरिक हुन्: मुख्यमन्त्री अधिकारी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग