कावासोती । ग्लोबल मनी वीक २०२५ अन्तर्गत नवलपुरको कावासोतीस्थित लर्ड बुद्ध एकेडेमीमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम गरिएको छ।
त्रिशूल सेक्युरिटीज एन्ड इनभेस्टमेन्ट लिमिटेडको आयोजनामा भएको कार्यक्रममा ६० भन्दा बढी विद्यार्थी उपस्थित थिए ।
कृष्णप्रसाद ढकालले संयोजन गरेको कार्यक्रममा त्रिशूल सेक्युरिटीजका ट्रेडिङ अफिसर जीवन अधिकारीले विद्यार्थीहरूलाई सेयर बजारसम्बन्धी आधारभूत ज्ञान प्रदान गरेका थिए।
सहभागी विद्यार्थीहरूले सेयर बजार, लगानीका अवसरहरू, जोखिम व्यवस्थापन, बचत, तथा वित्तीय योजनासम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त गरेको आयोजकले बताएको छ ।
आयोजकका अनुसार ग्लोबल मनी वीक एक अन्तर्राष्ट्रिय अभियान हो, जसले बालबालिका र युवाहरूलाई वित्तीय साक्षरताको महत्त्वबारे सचेत गराउने लक्ष्य राख्छ। प्रत्येक वर्ष विश्वभर वित्तीय शिक्षा, बचत, लगानी, बजेटिङ, र आर्थिक निर्णय क्षमताका विषयमा जनचेतना फैलाउने विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गरिन्छ ।
नेपालमा पनि ग्लोबल मनी वीक २०२५ अन्तर्गत बैंक, वित्तीय संस्था, विद्यालय, कलेज, तथा अन्य संगठनहरूले वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन्। यस्ता कार्यक्रमहरूले युवाहरूलाई बचत, लगानी, बैंकिङ प्रणाली, सेयर बजार, र जिम्मेवार वित्तीय निर्णय लिन प्रेरित गर्ने विश्वास गरिएको छ।
वित्तीय ज्ञानले युवाहरूलाई आर्थिक निर्णय क्षमतामा सुधार ल्याउन र भविष्य सुरक्षित बनाउन मद्दत गर्ने भएकाले यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने आयोजक संस्थाले जनाएको छ।
वित्तीय शिक्षा जति छिटो प्राप्त गरिन्छ, आर्थिक निर्णय क्षमतामा त्यति नै सुधार आउँछ भन्ने विश्वासका साथ ग्लोबल मनी वीकले नेपालमा पनि वित्तीय साक्षरतालाई प्रवर्द्धन गर्दै देशको आर्थिक भविष्य मजबुत बनाउन योगदान पुर्याउने लक्ष्य राखेको बताएको छ ।
सम्बन्धित खबर
बजारमा बेच्न राखिएको तरकारीमा ९९ प्रतिशत विषादी, जफत गरी खाल्डोमा गाडियो
नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु
पूर्व–पश्चिम राजमार्गको विनयी खोला पुल सञ्चालनमा
नवलपरासीको विनयी खोला पुलमा बिहीबारबाट गाडी चल्ने
विषालु च्याउ खाँदा १६ जना बिरामी, ३ को अवस्था गम्भीर
पानी परेको बेला दाउन्ने सडकमा राति गाडी चलाउन रोक
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’