पोखरा । पोखरामा ‘कार मोटर र्याली’ सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराद्वारा आयोजित ‘वाडा अटो सो २०२५’ को पूर्व सन्ध्यामा शनिबार पोखरामा मोटर र्याली आयोजना गरिएको हो ।
पोखरा रंगशालाबाट र्याली सुरु भएको थियो । गण्डकी प्रदेशका युवा, खेलकुद तथा सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले फ्ल्याग अफ गरी र्यालीको उद्घाटन गरे । र्यालीमा ५२ वटा गाडीमा १५० जना सहभागी भएको वाडाका वरिष्ठ उपाध्यक्ष एवं र्याली कार्यक्रम संयोजक शिव श्रेष्ठले जानकारी दिए ।
र्याली पृथ्वीचोक, मुस्ताङचोक, बिरौटा, ड्यामसाइड, राष्ट्रबैंकचोक, बसुन्धारा पार्क, वाराहीचोक, हल्लनचोक, जिरो किमी, हरिचोक, हेम्जा, घट्टेखोला, नौंडाडा, कास्कीकोट, सराङकोट, विन्ध्यबासिनी, बागलुङ बसपार्क, नालामुुख, तेस्रापट्टी, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, सभागृह, न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै र्याली अमरसिंहचोक मैदानमा पुगेर समापन भएको हो ।
र्यालीमा पुरुषतर्फ शोवितमान बुद्धाचार्य प्रथम, सुमन बिजुक्छे दोस्रो र सुनिल श्रेष्ठ तृतीय भएका छन् । महिलातर्फ तिसा जोशी प्रथम, रोमिका बुद्धाचार्य दोस्रो र शोभा केसी तृतीय भएकी छन् ।

Wedding Camera, Summit Ranjit Photography
नाडा र वाडासहित गण्डकी प्रदेश अटोमोबाइल संघ (नासा गण्डकी), नेपाली युवा उद्यमी मञ्च पोखरा, जोन्टा क्लब पोखराको संयुक्त आयोजनामा मोटर र्याली आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विन्दुकुमार थापाले पोखरामा अटो शो आयोजना हुनु राम्रो पक्ष रहेको बताए । विशेष अतिथि नाडाका निबर्तमान अध्यक्ष ध्रुवबहादुर थापाले पोखरामा अटो शो आयोजना गर्दा अटो क्षेत्रलाई चलायमान बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वाडाका अध्यक्ष दिपेन्द्र कोइराला, वाडाका उपाध्यक्ष एवं अटो शो संयोजक निरन केसी लगायतले बोलेका थिए ।
चैत १४ देखि १७ सम्म पोखराको अमरसिंहचौरमा अटो सो हुनेछ । अटो सोका लागि २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरण लगायत कम्पनीहरुको स्टल रहने संयोजक निरन केसीले जानकारी दिए ।
सम्बन्धित समाचारः
पोखरामा पहिलो पटक ‘वाडा अटो शो’ हुँदै
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो