पोखरा । पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरू भएको छ।
शनिबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्ड काव्य ‘मुनामदन’मा आधारित नाटक ‘मुनामदन’ का पंक्ति वाचन गर्दै महोत्सवको उद्घाटन गरेका हुन्।
कार्यक्रममा बोल्दै मेयर आचार्यले यस नाटक महोत्सवले पोखरा भ्रमण वर्षको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा साहित्यकार सरुभक्त, कलाकार प्रकाश घिमिरे, दिया मास्केलगायतको उपस्थिति रहेको थियो।
महोत्सव उद्घाटन सत्रमा विविध सांस्कृतिक नृत्य तथा सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
महोत्सवमा नेपालका दुई तथा चीन, ट्युनेशिया, नर्बे र जापानका एक–एक नाटक गरी ५ देशका ६ नाटक मञ्चन हुनेछन्।
पहिलो दिन शनिबार नेपालका दुई नाटक ‘मुनामदन’ र ‘भ्रूण’ मञ्चन गरिएको थियो ।

यस्तै, आज चैत १० गते आइतबार ट्युनेशियाको नाटक ‘एस्च’, चैत ११ गते चीनको ‘दि चार्मिङ जिन्जु ओपेरा’, चैत १२ गते जापानको ‘मास्टर शोको र मार्गरिता’ नाटकको मञ्चन हुनेछ।
प्रत्येक दिन बेलुका ५ बजे पोखरा थिएटरमा नाटक मञ्चन हुने आयोजकले जनाएको छ ।
पोखरालाई अन्तर्राष्ट्रिय साँस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले महोत्सवको आयोजना गरीएको महोत्सव निर्देशक परिवर्तनले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा नाटकसँगै खुला छलफल तथा संवाद र विविध साँस्कृतिक कार्यक्रमहरु पनि रहनेछ ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन