पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटनमा तालिमरत सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) सन्तोषी महतलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा सशस्त्र प्रहरी हवल्दार पनि पक्राउ परेका छन्।
तालिम शिक्षालय लामापाटनमा कार्यरत हवल्दार रेशम बहादुर शाहीलाई पनि पक्राउ गरिएको कास्कीका एसपी श्यामबाबु ओलियाले बताए । तालिम प्रशिक्षक समेत रहेका शाही चैत ६ मा पक्राउ परेका हुन् ।
इन्स्पेक्टर महत फागुन १० मा लामापाटनस्थित कार्यालयमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा यसअघि सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका थिए । जोशी तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत थिए । उनीहरूविरुद्ध अनुसन्धान पूरा गरेर सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरिएको एसपी ओलियाले बताए । उनले भने, ‘कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।’
घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । एकेडेमीका डीआईजी लक्ष्मण सिंह नेतृत्वको टोलीले त्यसबारे छानबिन गरिरहेको छ । महत सशस्त्र प्रहरी जवान र असई हुँदै उनि इन्स्पेक्टर भएकी थिइन् ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो