पोखरा । नेकपा (एमाले) पोखरा वडा नं. ७ कमिटीले वडा केन्द्रित अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
केन्द्रीय कार्यक्रम अनुसार नेकपा एमालेलाई वडा र टोल स्तरबाटै बलियो बनाउन अभिमुखिकरण कार्यक्रम गरिएको हो । नेकपा एमालेका केन्द्र, प्रदेश र जिल्ला स्तरका नेताहरूको सहभागितामा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभाका सदस्य भिम कार्कीले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताए । कार्कीले वर्तमान व्यवस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए।
वर्तमान व्यवस्थाको विकल्प राजतन्त्र नभएको उल्लेख गर्दै कार्कीले राजतन्त्र पुनःस्थापना हुने भ्रमबाट मुक्त हुन सम्पूर्ण नागरिकलाई आग्रह गरे।
सो कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद् सदस्य सृजना शर्मा, प्रदेश कमिटी सदस्य तेजनारायण अधिकारी, जिल्ला सदस्य एवम् वडा ईन्चार्ज पुरूषोत्तम रेग्मीलगायत उपस्थित रहेका थिए ।

पोखरा वडा नं. ७ कमिटी अध्यक्ष अनिल कुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रममा दिपक कार्कीले स्वागत र सञ्चालन अर्जुन थापाले गरेका थिए ।
त्यसअघि, राष्ट्रबैंक चोकबाट शुरू गरिएको र्याली रत्नचोक हुँदै माछापुच्छ्रे टोलको बुटिक चौतारा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?