पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा अनेरास्ववियुले अग्रता बढाउँदै लगेको छ । सोमबार राति ११:०० बजेसम्मको नतिजा अनुसार विष्णु पोखरेल नेतृत्वको अनेरास्ववियु प्यानलले सुरुवातदेखिकै अग्रता कायम राखेको छ ।
१ हजार २ सय ८६ मत गणना हुँदा पोखरेलले ४ सय ९४ मत पाएका छन् । उनलाई स्वतन्त्र उम्मेद्वार विप्लवी न्यौपानेले पछ्याइरहेकी छन् । न्यौपानेले २ सय २८ मत पाएकी छन् ।
नेविसंघका सुशील न्यौपाने १ सय ९८ मत ल्याएर तेस्रोमा छन् । अखिल (क्रान्तिकारी)का नबिन अधिकारीले ९३, संयुक्त प्यानलका सन्तोष पौडेलले ९१, स्वतन्त्र उम्मेद्वार कमल सुवेदीले ४९, प्राज्ञिक विद्यार्थी परिषद्का दिप्सन गुरूङले ३४, अखिल (छैठौं)का मिलन सुनारले १२ मत ल्याएका छन् ।
सचिवमा अनेरास्ववियुका विराट दुवाडी अगाडि छन् । कोषाध्यक्षमा अनेरास्ववियुकी सन्दिका गुरूङ अगाडि छन् ।
आइतबार भएको मतदानमा प्रत्यक्षतर्फ २ हजार ८ सय ९७ जना (३१.२५ प्रतिशत), समानुपातिकतर्फ २ हजार ८ सय ९२ जना (३१.१९ प्रतिशत) सहभागी थिए । यस क्याम्पसमा ९ हजार २ सय ७० मतदाता थिए । सोमबार बिहान ९ बजेपछि मतगणना सुरू भएको थियो ।
पृथ्वीनारायण क्याम्पसमा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ वटा संघ/संगठन/प्यानल निर्वाचनमा सहभागी छन् । ०६५ पछि यस क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो