पोखरा । पर्यटनको राजधानी शहर पोखरामा आयोजना हुने लागेको पहिलो वाडा अटो शो २०२५ मा सवारी किन्ने हरेक व्यक्तिले ३ महिनाको लागि निःशुल्क पोखरा इन्टरनेट प्राप्त गर्ने भएका छन् ।
पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसन (वाडा)को आयोजनामा अटो शो यही चैत १४ देखि १७ गतेसम्म पोखराको अमरसिंह माविको खेल मैदानमा हुँदैछ । उक्त शोमा आधिकारिक इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट रहेको छ ।
यसका साथै उक्त शो मा इन्टरनेटले निःशुल्क इन्टरनेटको सेवा समेत उपलब्ध गराउने इन्टरनेटकी मार्केटिङ एसिस्टेन्ट दिपा दुलालले जानकारी दिइन् ।
‘मेलालाई थप प्रविधिमैत्री बनाउनका लागि पोखरा इन्टरनेटले टिकट खरिद एप डाउनलोड, आगन्तुक तथा प्रदर्शकहरूका लागि उच्च गतिको इन्टरनेट, वाडा अफिस र उद्घाटन समारोहका लागि समर्पित इन्टरनेट निःशुल्क उपलब्ध गराउनेछ ।’ दुलालले भनिन् – ‘हामीले पनि मेलामा आफ्नो स्टल राख्नेछौँ। यदि तपाईंलाई इन्टरनेट जडान गर्न आवश्यक छ भने हाम्रो स्टलमा आएर जानकारी लिन सक्नुहुनेछ ।’
इन्टरनेटले समय समयमा विभिन्न अफरहरू ग्राहक समक्ष प्रदान गर्दै आइरहेको छ । पोखरामा स्थापना भएको पोखरा इन्टरनेटले गण्डकी प्रदशेका सबै जिल्लामा आफ्नो सेवा बिस्तार गरेर इन्टरनेट प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारः
‘वाडा अटो शो’ को पूर्वसन्ध्यामा पोखरामा मोटर र्याली
पोखरामा पहिलो पटक ‘वाडा अटो शो’ हुँदै
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
सहकारीले अब ऋण दिँदा १३ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने
Changan NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुँदै, Deepal Showroom बाट ४ दिनसम्म टेस्ट ड्राइभ गर्न पाइने
ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको सहयोगार्थ ५ करोड रुपैयाँ सहयोग
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन