पोखरा । कृषि विकास बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा छगेन्द्र आचार्य सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । संघको पोखरामा सोमबार राती सम्पन्न १० औं केन्द्रीय परिषदले आचार्यको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो । आचार्य निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन् ।
संघको बरिष्ठ उपाध्यक्ष हाललाई खाली राखिएको छ । उपाध्यक्षमा पुष्कर कोइराला, नरहरीप्रसाद ढकाल र रामसेवक साह तथा महासचिवमा लेखराज घिमिरे यसअघि नै सर्वसम्मत निर्वाचित भईसकेको कृषि विकास बैंक कर्मचारी संघका गण्डकी प्रदेश अध्यक्ष सन्तोष थापाले जानकारी दिए । उनका अनुसार संघको उप–महासचिवमा केशव पोखरेल, पाँच सचिवहरुमा शोभा राना, सीता खड्का, गोकुल खत्री, मणी ढुंगाना र खगेन्द्र भण्डारी, कोषाध्यक्षमा अस्मीता पन्त, सहकोषाध्यक्षमा लोकप्रसाद गौतम र कार्यालय सचिवमा बिजय पौडेल रहेका छन् ।
परिषदको सोमबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गरेका थिए । उद्घाटनअघि प्रभातफेरी निकालिएको थियो । लेकसाईडस्थित होटल पौवाबाट शुरु भएको प्रभातफेरी बैदाम प्रहरी चौकी, सहिदचोकहुँदै पुनः होटल पौवामै पुगेर उद्घाटन सत्रमा परिणत भएको थियो ।
उद्घाटनको अवसरमा संघका ७ जना पूर्व अध्यक्षहरुलाई सम्मानित गरिएको कृषि विकास बैंक कर्मचारी संघ नेपाल, गण्डकी प्रदेश अध्यक्ष सन्तोष थापाले जानकारी दिए ।
परिषदमा देशभरका ७७ जिल्लाका ६ सय भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेका संघका निवर्तमान केन्द्रीय अध्यक्ष लिला जिसी क्षेत्रीले जानकारी दिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु