काठमाडौं । काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको कार्यक्रम बिथोलिएको छ । अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ ।
राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको हो । आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गर्यो । केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको छ ।
सभाका लागि विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा आइरहेका थिए । प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो । त्यहाँको प्रहरी घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ ।
सभाका लागि विभिन्न ठाउँबाट राजाका समर्थकहरु भेला हुन तिनकुने आउने क्रम जारी थियो । उनीहरुको सभा सुरु नहुँदै तनाव सिर्जना भएको हो ।
कार्यक्रम बिथोलिएपछि राजावादी नेताहरु कार्यक्रमस्थलबाट हिँडेका छन् । अश्रुग्याससमेत प्रहार भएपछि अहिले तीनकुनेको अवस्था तनावग्रस्त बनेको छ ।प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।
तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त बनेपछि हिले त्यहाँ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको छ ।प्रदर्शनकारीहरुलनाई व्यक्तिका घरबाट प्रहरीले अश्रुग्यास प्रहार गरेको भन्दै उनीहरूले ढुंगा र इँटा हानेका हुन् ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
बालेन्द्रको घरमा चोरी भएको घटना के हो ?
सहिदका आकांक्षा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जलीः प्रदेश प्रमुख भट्ट
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष थारू आयोगको प्रतिवेदन पेस
ओलीले फेरि भने- भदौ २३ को आन्दोलनमा गोली चलाउने आदेश दिएको थिइनँ
सर्वोच्चले भन्यो- संसद् पुनः स्थापनको मागमा २० गते पेसी तोकिएको होइन, हल्ला फैलाइयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो