जिल्लाको पुतलीबजार नगरपालिका – १० राङ्खोला हुँदै बिरुवा गाउँपालिका जोड्ने सडक कालोपत्रे गर्ने काम भइरहेको छ । यहाँको राङ्खोलादेखि धोवादी सडकखण्डमा ६ किलोमिटर स्तरोन्नतिसहित प्रिमिक्स कालोपत्रे गर्ने काम भइरहेको हो ।
बिरुवा गाउँपालिका जोड्ने यो मुख्य सडक गणेशकुन्द इन्द्रयणी रक्तकन्या जेभी, काठमाडौंले भ्याट र पिएससहित १९ करोड ९३ लाख ५३ हजार १०४ रुपैयाँ ८८ पैसामा ठेक्का सम्झौता गरी स्तरोन्नतिसहित कालोपत्रेको काम गरेको हो ।
प्रदेश सरकारबाट विनियोजन भएको बजेटले सडकको स्तरोन्नति र कालोपत्रे गरिने पूर्वाधार कार्यालय स्याङ्जाका प्रमुख दयाराम अधिकारीले जानकारी दिए । उनका अनुसार कम्पनीले २०८० भदौ १२ गते गरेको सम्झौताअनुरूप ठेकेदार कम्पनीले २०८२ साउन २८ गतेसम्म काम सम्पन्न गर्ने गरी काम भइरहेको छ ।
यो सडकखण्ड कालोपत्रे गर्नका लागि तीन हजार ८९१ घनमिटर मेसिनरी, दुई हजार ९६९.७५ घनमिटर प्लम्ब, तीन हजार १८० घनमिटर ग्याबिन, सबबेस, बेसको काम सकेसँगै चैत ७ गतेदेखि कालोपत्रे गर्न सुरु गरिएको बताउँदै निर्माण कम्पनीका ज्ञानराज घिमिरेले १७ दिनलाई बाटो बन्द गरेर सडक कालोपत्रे गर्ने कामलाई तीव्रता दिइएको घिमिरेले बताए ।
कालोपत्रे गर्ने क्रममा बाधा पुग्ने भएकाले यही चैत ७ देखि ३० गतेसम्म सवारी आवागमनमा भने रोक लगाइएको छ । अति आवश्यक पर्ने एम्बुलेन्स, दमकललगायतका सवारीलाई भने नरोकिने जनाइएको छ ।
निर्धारित समय अवधिभर विभिन्न चारवटा वैकल्पिक सडकबाट आवागमन गर्न सुझाइएको छ । बस र जीप सञ्चालनका लागि बिरुवा – ओरष्टे – ज्यामिरे हुँदै घुम्ती सदरमुकामको सडकखण्ड तोकिएको छ ।
यस्तै, जीप मात्र सञ्चालनका लागि तीनवटा वैकल्पिक सडकखण्ड तय गरिएको छ । जसमा बिरुवा – धोवादी – राङ्भाङ – ज्यामिरे घुम्ती स्याङ्जा, धोवादी – खाली खाङ्ग्राङ – ज्यामिरे घुम्ती स्याङ्जा र बिरुवा – बेलघारी – गुमार्दी – पेल्काचौर – जाँडखोला हुँदै स्याङ्जा सदरमुकामसम्मको सडकखण्ड तय गरिएको छ ।
बिरुवा गाउँपालिका सदरमुकाम पुग्ने यो सडक कालोपत्रेसँगै सबै १७ किमी बाटो कालोपत्रे हुने छ । यो सडक सिद्धार्थ राजमार्गबाट बिरुवा गाउँपालिका पुग्ने छोटो, सहज र मुख्य सडक हो ।
सम्बन्धित खबर
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो