गण्डकी विश्वविद्यालयको कुलपति र योजना आयोग सदस्य नियुक्त गरिँदै

प्रदेश मन्त्रिपरिषद बैठक बस्दै

गण्डकी विश्वविद्यालयको कुलपति र योजना आयोग सदस्य नियुक्त गरिँदै

Gandaki Mantralaya cabinet

पोखरा । गण्डकी विश्वविद्यालयको कुलपति र प्रदेश नीति तथा योजना आयोग सदस्य आज नियुक्ति गरिँदैछ ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद बैठक आज शुक्रबार बेलुका बस्ने तय भएको छ । बेलुका ५ बजेका लागि बोलाइएको बैठकमा यी नियुक्तिबारे निर्णय हुने बताइएको छ ।

गण्डकी विश्वविद्यालयको कुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले ३ जनाको नाम मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बिहीबार बुझाइसकेको छ । जसमा प्राडा इन्द्रप्रसाद तिवारी, प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम समावेश छ । ती ३ मध्येबाट १ जना कुलपतिमा नियुक्त हुनेछन् ।

प्रदेश नीति तथा योजना आयोगका सदस्यहरूले राजनीमा दिएपछि यस नियुक्तिको निर्णय समेत गर्ने भएको छ ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नयाँशक्तिको कोटाबाट नियुक्त माया तिम्सिना र राप्रपाको कोटाबाट नियुक्त दीपक भण्डारीले सरकारकै दबाबमा चैत १७ मा राजीनामा दिएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ