स्याङ्जाको पुतलीबजार नगरपालिका – ९ काल्खुमा चैत्र पूर्णिमाको अवसरमा ऎतिहासिक काल्खु मेला हुने भएको छ ।
विगत लामो समयदेखि नै चैत्र पूर्णिमाको अवसर पारी चैत्र पूर्णिमादेखि पञ्चमीसम्म सञ्चालन हुँदै आइरहेको ऎतिहासिक काल्खु मेला यस वर्ष पनि हुने भएको हो ।
जनसम्पर्क युवा क्लब काल्खुले ‘आजको आवश्यकता समाज विकासमा युवा अपरिहार्यता’ भन्ने मूल नाराका साथ यहि चैत ३० देखि बैशाख ५ गतेसम्म मेला सञ्चालन गर्ने तय भएको जनाएको छ ।
उक्त मेलामा जलकन्या उत्तरादेवी मन्दिरको दर्शन, साविक वडा/गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, छेलो हान्ने, रसि तान्ने, कुर्सी दौड, घैंटो फुटाउने प्रतियोगिता, विभिन्न सांस्कृतिक कार्यक्रमहरु साथै राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिसहित लाईभ दोहोरी रहने बताइएको छ ।
त्यस्तै, पुरुष भलिबल प्रतियोगितामा विजेता टिमले ८१ हजार, पहिलो उपविजेता टिमले ४१ हजार र दोस्रो उपविजेता टिमले २१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने अनुशासित टिमले १२ हजार नगदसहित मायाको चिनो र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यसैगरी, खुल्ला नृत्य प्रतियोगितातर्फ प्रथम हुनेले आठ हजार, द्वितीय हुनेले छ हजार, तृतीयले चार हजार र सान्त्वना हुनेले दुई हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । स्थानीय कला, सांस्कृतिक प्रदर्शन प्रतियोगितातर्फ प्रथम पुरस्कार १० हजार द्वितीय पुरस्कार पाँच हजार रहेको छ भने उपस्थित सम्पूर्ण टिमलाई दुई हजार पाँच सय रुपैयाँ प्रदान गरिनेछ ।
सम्बन्धित खबर
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो