रेडक्रस कास्कीमा १ मतान्तरले उर्मिला खड्का विजयी

नयाँ नेतृत्व

रेडक्रस कास्कीमा १ मतान्तरले उर्मिला खड्का विजयी

kaski redcross

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की अध्यक्षमा कृष्णप्रसाद तिमिल्सिनालाई १ मतान्तरले हराउँदै उर्मिला खड्का भण्डारी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा खड्काले १ सय २७ मत ल्याउँदा तिमिल्सिनाले १ सय २६ मत पाए ।

महिला उपसभापतिमा १ सय ४२ मतका साथ रमा न्यौपाने कोइराला विजयी हुँदा रमा त्रिपाठीले १ सय ५ मत पाइन् ।

खुला उपसभापतिमा सुरेन्द्र गुरुङले १ सय २९ मत ल्याएर विजयी भए । अर्का उम्मेदवार खेमराज सापकोटाले १ सय २० मत पाए ।

यसैगरी, मन्त्रीमा १ सय ३३ मतका सन्तोष अधिकारी विजयी भए । कोषाध्यक्षमा मोहनसिंह खड्का र उपमन्त्रीमा डिल्लीराम बराल विजयी भएका छन् । उपकोषाध्यक्षमा कालिदास सापकोटा निर्वाचित भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds