जिल्लाको पुतलीबजार नगरपालिका – १० राङ्खोला हुँदै बिरुवा गाउँपालिका जोड्ने सडक सम्झौता समयअगावै कालोपत्रे भएको छ । यहाँको राङ्खोलादेखि धोबादी सडकखण्डमा ६ किलोमिटर स्तरोन्नतिसहित प्रिमिक्स कालोपत्रे गर्ने काम सम्झौताको समयभन्दा चार महिनाअगावै गरिएको हो ।
बिरुवा गाउँपालिका जोड्ने यो मुख्य सडक २०८० भदौ १२ गते गणेशकुन्द इन्द्रयणी रक्तकन्या जेभी, काठमाडौंले २०८२ साउन २८ गतेसम्म काम सक्ने गरी पूर्वाधार विकास कार्यालय, स्याङ्जासंग सम्झौता गरेको थियो ।
स्तरोन्नतिसहित कालोपत्रेका लागि भ्याट र पिएससहित १९ करोड ९३ लाख ५३ हजार १०४ रुपैयाँ ८८ पैसामा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले ६ करोड नौ लाख ५९ हजार ३८८ रुपैयाँ ७३ पैसा भुक्तानी लिन बाँकी रहँदै काम सकेको हो ।
यो सडकखण्ड कालोपत्रे गर्नका लागि सम्झौताअनुरूप तीन हजार ८९१ घनमिटर मेसिनरी, दुई हजार ९६९.७५ घनमिटर प्लम्ब, तीन हजार १८० घनमिटर ग्याबिन, सबबेस, बेसको काम सकेर समयअगावै कालोपत्रे गर्ने काम सकेको निर्माण कम्पनीका ज्ञानराज घिमिरेले बताए ।
यो आर्थिक वर्षमा विनियोजन गरेको साढे पाँच करोड लिएको बताउँदै घिमिरेले काम सकेकाले प्रदेश सरकारले रकमान्तर गरेर पूर्वाधारमा पैसा पठाएमा यो आर्थिक वर्षमा भुक्तानी लिने र नभए आगामी आर्थिक वर्ष लिने बताए । काम थालेपछि समयमै सकेमा जनतालाई सहज हुने बताउँदै घिमिरेले आफूले थालेका काम सक्न कहिल्यै ढिलाइ नगरेको दाबी गरे ।
एउटा योजना जिम्मा लिएर सकेपछि मात्र अर्को काम आफूले थाल्ने गरेको बताउँदै घिमिरेले निर्माण कम्पनीले म्याद गुजारेर काम गर्न नहुने बताए ।
कालोपत्रे गर्ने क्रममा चैत ७ गतेदेखि १९ दिन सवारीसाधन आवागमनमा रोक लगाएर कालोपत्रे गरिएको थियो । यो सडक कालोपत्रे भएसँगै बिरुवा गाउँपालिका सदरमुकाम पुग्ने १७ किमी बाटो पुरै कालोपत्रे भएको हो ।
यो सडक सिद्धार्थ राजमार्गबाट बिरुवा गाउँपालिका पुग्ने छोटो, सहज र मुख्य सडक हो ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्