भ्रामक समाचार लेखेको भन्दै पत्रकारविरुद्ध जिल्ला प्रशासन कार्यालय स्याङ्जामा उजुरी दर्ता भएको छ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको सातौं स्याङ्जा महोत्सवको समयमा भ्रामक समाचार लेखेको भन्दै उजुरी परेको हो ।
संघले गत फागुन ६ देखि १८ गतेसम्म सञ्चालन गरेको सातौं स्याङ्जा महोत्सवका विषयमा भ्रामक समाचार प्रकाशन गरेको भन्दै आँधीखोला एक्सप्रेस न्यूज प्रालिका सञ्चालक तथा पत्रकार रोशन लामिछानेविरुद्ध कारबाहीका लागि उजुरी दर्ता गराइएको हो ।
सातौं स्याङ्जा महोत्सवलाई लक्षित गरी स्याङ्जा जिल्लामा क्रियाशिल पत्रकार भनिएका व्यक्ति आँधीखोला एक्सप्रेस अनलाईन नामबाट अनलाईन पत्रिका संचालन गर्दै आएका रोशन लामिछानेले संस्थालाई बदनाम हुनेगरी विभिन्न मितिमा अनर्गल प्रचार-प्रसार गरेको उजुरीमा उल्लेख छ ।
आम सञ्चारमाध्यम तथा पत्रकारहरुले आचारसंहितामा रहेर काम गरे/नगरेको भन्ने अनुगमन गर्ने निकाय प्रेस काउन्सिल हो । काउन्सिलले जारी गरेको आचारसंहिता उल्लंघन गरेको विषयमा सरोकारवाला कुनै पनि व्यक्तिले काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था रहेको छ । तर भ्रामक समाचार लेखेको भन्दै प्रशासनसमक्ष पेश भएको उजुरी दर्ता गरी स्याङ्जाका तत्कालीन प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आवश्यक कारबाहीका लागि उक्त उजुरीमा तोक लगाई प्रहरीलाई पठाएकी थिइन् ।
सञ्चारमाध्यम तथा पत्रकारलाई कारबाही वा नियमन गर्ने निकाय कुन हो भन्ने नै प्रमुख जिल्ला अधिकारीलाई थाहा नहुनु र नियमन गर्ने निकाय हुँदाहुँदै सम्बन्धित नै नरहेको कार्यालयका प्रमुखले तोक लगाएर कारबाहीका लागि सिफारिस गर्नुपर्ने विषय भने सोचनीय रहेको छ ।
पत्रकार लामिछानेले सातौं स्याङ्जा महोत्सव अवधिमा ‘बक्यौता नतिरी महोत्सव गर्दै वाणिज्य संघ, करको मनोमानी’, ‘कानुनको अवज्ञा गर्दै मन्त्रीले गरे महोत्सवको उद्घाटन, प्रशासन अनविज्ञ’, ‘स्याङ्जा महोत्सवमा छैनन् गुणस्तरका सामान’ लगायतका विषयमा समाचार प्रकाशन गरेका थिए ।
सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीले प्रायोजन गरेको सातौं स्याङ्जा महोत्सवको उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेलले गरेका थिए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा