पत्रकार रोशन लामिछानेले लेखेको समाचारविरुद्ध जिल्ला प्रशासन कार्यालय स्याङ्जामा परेको उजुरीप्रति प्रेस चौतारी स्याङ्जाले ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार प्रेस चौतारी नेपाल स्याङ्जाका अध्यक्ष मणि प्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उक्त पत्रप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
चौतारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रेस चौतारी नेपाल गण्डकी प्रदेश सदस्य तथा आँधीखोला एक्सप्रेस डटकम अनलाईन पत्रिकाका सञ्चालक रोशन लामिछानेले उद्योग वाणिज्य संघ स्याङजाले सञ्चालन गरेको ७ औं स्याङजा महोत्सवको गतिविधिको विषयमा लेखेको समाचारलाई लिएर जिल्ला प्रशासन कार्यालयमा कारबाहीको लागि दिएको उजुरी र जिल्ला प्रशासन कार्यालय स्याङजाले जिल्ला प्रहरी कार्यालय स्याङजालाई लेखेको चलानी नम्बर ४३१५ को पत्रमाथि यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले गत फागुनमा सञ्चालन गरेको सातौं स्याङ्जा महोत्सवको गतिविधिको विषयमा नेपाल पत्रकार महासंघ गण्डकीका सदस्य लामिछानेले लेखेको समाचारलाई लिएर संघले समाचारमा चित्त नबुझेको अवस्थामा उजुरी वा ध्यानाकर्षण गर्ने निकाय प्रेस काउन्सिल नेपाल रहेको अवस्थामा सामान्य कुरा समेत ख्याल नगरी जिल्ला प्रशासन कार्यालयमा स्याङ्जामा उजुरी दिएको थियो ।
उक्त सामान्य कुराको ख्याल नगर्दै तत्कालीन प्रजिअ सुनिता नेपालले आफ्नो क्षेत्राधिकार बाहिर गएर कारबाहीको लागि परिपत्र गरेकी थिइन् ।
यस विषयमा स्याङ्जाका प्रजिअ ईश्वरीप्रसाद अर्याललाई सम्पर्क गर्दा सञ्चारमाध्यम तथा पत्रकारले लेखेको समाचारविरुद्धको उजुरी दर्ता गर्ने र कारबाही गर्ने निकाय प्रशासन नभएको बताए । अर्यालले भने, ‘हाम्रो क्षेत्राधिकारभित्र पर्दैन, तत्कालीन प्रजिअले कारबाहीका लागि पत्र लेख्नुभएछ, यसबारे बुझ्छौं ।’

सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो