पोखरा । १३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिदैछ ।समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ ।
समापनका अवसरमा बुधबार विहान रक्तदान कार्यक्रम राखिएको छ ।जसलाई विष्णुपादुका क्लव मनिप्लान्ट बचत तथा ऋण सहकारी एवम् लायन्स क्लव अफ् पोखरा आँखीझ्यालले संयुक्त रुपमा आयोजना गरेका छन् ।
त्यस्तै समापनको दिन बुधबार रत्यौली गीत प्रतियोगिताको नतिजा सार्वजनिक गरिनेछ ।जसका प्रथम हुने समूहले २० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार साथै सान्त्वनालाई ५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिनेछ।
त्यसैगरी कृषि झाँकी ¥यालीतर्फको नतिजा पनि सार्वजनिक गरिने छ । झाँकी ¥यालीतर्फ पहिलोलाई ८ हजार, दोस्रोलाई ५ हजार, तेस्रोलाई ३ हजार तथा सान्त्वना पुरस्कार २ हजार प्रदान गर्ने तयारी आयोजकको छ । त्यस्तै सहयोगी विभिन्न संघसंस्था एवम् व्यक्तिलाई पनि मायाको चिनो सहित सम्मान गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए।
महोत्सवको १० औं दिन मंगलबारसम्म ९४ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेको छन् ।जसमध्ये कुल ३ हजार ५ सय बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।उनले मंगलबार साँझसम्म गरी ३८ लाख बढीको आलु कारोवार भएको पनि सुनाए।
महोत्सवमा मंगलबार कलाकारहरु अर्जुन सापकोटा, सुमन बिटी, मञ्जु विक, सुदिप क्षत्री, कृष्ण भट्टराई तथा आगमन व्याण्डका प्रस्तुतिहरु रहे।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव गरिएको हो।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो परीक्षण तथा रोगको निदान रहेका छन्।
त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि गरिएको छ । यही चैत २४ गतेबाट महोत्सव सुरु भएको हो।
सम्बन्धित खबर
आँधीखोला किनारमा तर्बुजा खेतीको परीक्षण, भीरकोटको नयाँ कृषि प्रयोग
फेदीखोलाको प्रोत्साहन: बाँझो जमिनमा खेती गर्ने कृषकलाई प्रतिरोपनी तीन हजार रुपैयाँ अनुदान
सुन्तलाबाट आत्मनिर्भर बनेका अर्जुनचौपारीका फणिनारायण अर्याल
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
पोखराको कृष्तिमा पुस १० मा सुन्तला महोत्सवको तयारी
फेदीखोलामा पाँचौ कृषि मेला सम्पन्न, ८५ कृषक पुरस्कृत
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह