तनहुँमा जिप र स्कुटर ठोक्किँदा २० वर्षीय युवकको मृत्यु

दुर्घटना

तनहुँमा जिप र स्कुटर ठोक्किँदा २० वर्षीय युवकको मृत्यु

bike scooter

दमौली । पृथ्वीराजमार्गअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज दिउँसो तरकारी बोक्ने जिप र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–३ का २० वर्षीय रुपेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आँबुखैरेनीबाट मुग्लिनतर्फ जाँदै गरेको ना४च ८३९० नम्बरको तरकारी बोक्ने जिप र विपरीत दिशाबाट आउँदै गरेको ग१६प १५७० नम्बरको स्कुटर ठोक्किँदा घाइते गुरुङको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।

दुर्घटनामा स्कुटरमा सवार आँबुखैरेनी गाउँपालिका–३ का १९ वर्षीय रोहन मगर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ