भिमादका मंगल गिरीको हत्या गरी फरार रहेका ३ युवक पक्राउ

पक्राउ

भिमादका मंगल गिरीको हत्या गरी फरार रहेका ३ युवक पक्राउ

thunuwa tanahun

तनहुँमा एक व्यक्तिको हत्या गरी फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका ७ बस्ने २१ वर्षीय अमन गुरुङ, सोही नगरपालिकाको वडा नम्बर ५ बस्ने १८ वर्षीय रुपेश क्षेत्री र व्यास नगरपालिका १२ बस्ने वर्ष १८ का विजय गौतम रहेका छन् ।

गत वैशाख १ गते बिहान शुक्लागण्डकी नगरपालिका ७ स्थित टुडा जाने बाटोमा एक पुरुष टाउकोमा चोट लागि मृत अवस्थामा फेला परेका थिए ।

त्यसपछि इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएका प्रहरी अधिकृतको टोलीले अनुसन्धान सुरु गरेको थियो ।

प्रहरी अनुसन्धानमा मृतक जिल्ला तनहुँ व्यास नगरपालिका १२ घर भई हाल भिमाद नगरपालिका ८ बस्ने ५५ वर्षीय मंगल गिरी भन्ने खुल्न आएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds