पोखरा महानगरपालिका वडा नं. १७, विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन महत्वपूर्ण शुभ कार्य सम्पन्न गरिएको आयोजकले जनाएको छ ।
कोटिहोम महायज्ञको लागि गत फागुन २३ गते कोटिहोम महायज्ञको लागि तय भएको स्थानमा भूमी पुजन सम्पन्न गरेतापनि विवादका कारण त्याहाँ हुन नसकेपछि कोटिहोम महायज्ञको स्थान परिवर्तन हुन पुगेको थियो ।
पोखरा ६ को लेकसाइड क्षेत्रको बाराहीघाटमा स्थान परिवर्तन गर्नुपरेका कारण बाराहीघाटमा बिहान क्षमा पूजन सम्पन्न भएको छ ।

त्यस्तै, पुनः ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ सञ्चालन हुने श्री शिद्धेश्वर हरिहर मन्दिरको भूमिमा बुधबार बिहान ठीक ११ बजेर १ मिनेटमा भूमि पुजन गरिएको छ ।
नेपाल पञ्चाङ्ग विकास समिति नेपालले दिएको उत्तम साइतमा नै भूमि पुजनको कार्य सम्पन्न भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ ।
त्यस्तै, यज्ञ कुण्ड पनि खनिएको छ । ठीक ११ः११ बजे विधिवत् रुपमा यज्ञ कुण्ड खनिएको जनाइएको छ ।
उक्त भूमि पूजन कार्यक्रममा विभिन्न स्थानबाट आएका स्वामी, पोखरा महानगरपालिका १७ का अध्यक्ष राधिका शाही, वडा नं। १७ मा रहेका विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधि तथा आमा समूहका प्रतिनीधिहरू सहभागी थिए ।
सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प