स्याङ्जाको कालीगण्डकी गाउँपालिका – ७ मिर्मीमा चोरी तथा सवारीसाधन तोडफोड गरेको आरोपमा चारजना किशोर पक्राउ परेका छन् । मंगलबार राती किशोरहरुले मिर्मी बहुमुखी क्याम्पससहित विभिन्न पसलमा तोडफोड गरी चोरी गरेको र स्थानीयका सवारीसाधन तोडफोड गरेको प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेमा कालीगण्डकी गाउँपालिका – ७ मिर्मी का १८ वर्षीय एक किशोर, १६ वर्षीय दुई किशोर र धादिङ घर भई सोही ठाउँ बस्ने एक १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । उक्त घटनामा पक्राउ परेका सबै १८ वर्ष मुनिका भएकाले परिचय नखुलाइएको डिएसपी पौडेलले बताए ।
डिएसपी पौडेलका अनुसार किशोरहरुले मिर्मी बहुमुखी क्याम्पसको दोस्रो तलाको कम्प्युटर कक्ष र कार्यालयको ताल्चा फुटाएर किबोर्ड, माउस, कम्प्युटर पावर केवल चोरी गरेका थिए भने टेलिफोन, सिलिङ पंखामा समेत तोडफोड गरी क्षति पुराएका थिए ।
यस्तै, उनीहरूले स्थानीय ज्ञान प्रसाद न्यौपानेले सञ्चालन गरेको स्केटिङ हाउसमा समेत तोडफोड गरी स्केटिङ जुत्ता तथा नरम पेय पदार्थ जुसहरुलगायता सामाग्रीहरु चोरी गरेको प्रहरीले जनाएको छ ।
ती किशोरहरुले स्थानीय नारायणप्रसाद अधिकारीको स्कुटर तथा मोटरसाइकल र प्रबिन ढकालको मोटरसाइकल घरभन्दा टाढा लगेर तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
घटनामा संलग्न रहेका किशोरहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको डिएसपी पौडेलले बताए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा