गण्डकी विश्वविद्यालय प्राध्यापक मञ्च गठन, अध्यक्षमा सिलवाल

संगठित

गण्डकी विश्वविद्यालय प्राध्यापक मञ्च गठन, अध्यक्षमा सिलवाल

Messenger_creation_AFA7A94D-370C-4BD8-AFE7-3E842EEB9B89

गण्डकी विश्वविद्यालयमा आबद्ध प्राध्यापकहरूको बिहीबार भएको भेलाले साझा संगठन ‘गण्डकी विश्वविद्यालय केन्द्रीय प्राध्यापक मञ्च’ गठन गरेको छ ।

भेलाले विश्वविद्यालयको कानुन कार्यक्रम संयोजक रविकुमार सिलवालको अध्यक्षतामा कार्यसमिति निर्वाचित गरेको छ ।

मञ्चको उपाध्यक्ष रुपेश अधिकारी, सचिव रमेश पौडेल तथा सदस्य जुलु त्रिपाठी र विश्वासराज पौडेल छन् । अध्यक्षमा लीलाराज लोहनीसमेत प्रत्यासी थिए । प्राध्यापक भेलाको बहुमतले सिलवाललाई अध्यक्ष निर्वाचित गरेको हो ।

गुणस्तरीय शिक्षण, अनुसन्धान, प्राज्ञिक स्वतन्त्रता र पेसागत विकासलाई प्रवद्र्धन गर्ने गरी गण्डकी विश्वविद्यालय केन्द्रीय प्राध्यापक मञ्चको परिकल्पना गरिएको प्राध्यापकहरुले जनाएका छन् । प्राज्ञिक सोच र व्यवहारलाई संस्थागत गर्दै विश्वविद्यालयमा योगदान पुर्‍याउने उद्देश्य मञ्चले राखेको अध्यक्ष सिलवालले जनाए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ