पोखरा विमानस्थल निर्माणमा अनियमितता गरेका भए कसैलाई बाँकी नराखौं: पूर्व मुख्यमन्त्री अधिकारी

प्रतिक्रिया

पोखरा विमानस्थल निर्माणमा अनियमितता गरेका भए कसैलाई बाँकी नराखौं: पूर्व मुख्यमन्त्री अधिकारी

Khagaraj-Adhikari

File Photo

पोखरा । नेकपा एमालेका नेता तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले पोखरा विमानस्थललाई सधैं विवादको घेरामा नपार्न आग्रह गरेका छन्।

विमानस्थल निर्माणका क्रममा अर्बौं रकम अनियमितता भएको प्रतिवेदन सार्वजनिक भएपछि अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो बताएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूरा क्षमतामा सञ्चालनका लागि सबै लागिरहेका छौं । सबैजना आ-आफ्नो ठाउँबाट लागिपरौं । तर यसको निर्माणमा अनियमितता भएको हो र छ भने कुनै पनि कसर बाँकी नराखी कारबाही गरियोस्, तथ्यसत्य सार्वजनिक होस्। अन्यथा विमानस्थललाई सधै विवादको घेरामा नपारियोस्।’

बिहीबार उक्त विमानस्थलमा संसदको सार्वजनिक लेखा समितिले गठन गरेको राजेन्द्र लिङ्देन संयोजकत्वको उपसमितिले पोखरा विमानस्थल निर्माण गर्दा १४ अर्ब रुपैयाँ भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिले ठहर गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ