माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला

माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला

death_fpc

स्याङ्जाको पुतलीबजार नगरपालिका – ५ जुडी स्थित बाड्खोलामा एकजना मृत फेला परेका छन् । पुतलीबजार नगरपालिका – ३ लत्रेपिपलका ४० वर्षीय मिलन बिक्रम सेन बाड्खोलामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

खेतमा पानी लगाउन जान्छु भनेर शुक्रबार बेलुकी घरबाट निस्केका सेन अबेरसम्म पनि घरमा नफर्केपछि आफन्तहरुले खोजतलास गर्दै जाँदा शनिबार बिहान १:३० बजे खोलाको पानीको बीचमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

घटनास्थल नजिकै माछा मार्ने सामाग्री १२ भोल्टको ब्याट्री, तार र माछा राख्ने फुर्लुङ समेत फेला परेको डिएसपी पौडेलले बताए । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds