गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बुुद्ध दर्शनलाई विश्वभर फैलाएर नेपालले लाभ लिन सक्नुपर्नेमा जोड दिएका छन् ।
लुम्बिनी विश्वविद्यालय, लुम्बिनी अनुसन्धान केन्द्रले पोखरामा बौद्ध सम्पदा, संस्कृति र साहित्यको अध्ययन अनुसन्धान केन्द्र स्थापनाको लागि आयोजना गरेको अन्तर्क्रियात्मक गोष्ठीमा बोल्दै प्रदेश प्रमुख भट्टले बुद्धको उपदेशलाई विश्व शान्तिको भावनामा विकास गर्नुपर्ने बताए ।
बुद्ध धर्म यस धर्ममा आस्था राख्नेको मात्र नभएर सबैका लागि एउटा दर्शन र सिद्धान्त रहेको उल्लेख गर्दै उनले भने– ‘बुद्ध शिक्षा जीवनको नैतिक मार्गदर्शक हो, यसको अनुसरण र परिपालना गर्न जरूरी छ । बुद्धको सन्देशलाई आत्मसाथ गर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता हो । बौद्ध शिक्षालाई विश्वभर फैलाएर शान्तिको सन्देश दिनुपर्नेछ ।’
बौद्ध दर्शनको अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यसहित २० वर्षअघि स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय प्रकाण्ड बौद्धविद्धान उत्पादन गर्ने महत्वपूर्ण केन्द्रको रूपमा रहेको उल्लेख गर्दै उनले सानो संरचनाबाट विश्वविद्यालयको स्वरुप देखिने चरणमा आइपुगेकोमा खुशी व्यक्त गरे ।
विश्व आकर्षणको केन्द्र भएको लुम्बिनीमा स्थापना भएको विश्वविद्यालयले नेपालमै लुम्बिनी र बुद्ध प्रतिको चासोलाई बढाएको उनको भनाई छ ।
‘बौद्ध अध्ययन, लुम्बिनीको चिनारी, विपश्यना ध्यानसहितको पाठ्यक्रम तयार हुनाले यसले नेपालमा मात्र नभई विश्व समुदायमा नै चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।’ उनले भने – ‘विश्वविद्यालयले बौद्ध शिक्षालाई विश्वभर फैलाउनका लागि विभिन्न मुलुकहरूमा अध्ययन केन्द्रहरु स्थापना गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरेकोमा खुशी लागेको छ ।’
बौद्धदर्शन विश्वका धेरै विश्वविद्यालयमा अध्ययन अध्यापन हुने भएपनि बुद्ध भूमिमा बसेर बौद्ध दर्शन अध्ययन गर्न पाउनु सुखद अवसर रहने प्रदेश प्रमुख भट्टको भनाई छ । उनले थपे – ‘यसैले पनि विदेशी नागरिकले पनि लुम्बिनीलाई विशेष महत्व राख्ने गरेका छन् । विश्वविद्यालयलाई शैक्षिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना छ । त्यसका लागि अझ धेरै पूर्वाधार आवश्यक रहेकाले राज्यले विशेष ध्यान दिनुपर्दछ । ’
विश्वविद्यालयले ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियानको थालनी गरेकोमा खुशी व्यक्त गर्दै उनले बुद्धलाई ढोग्न मात्रै होइन, ज्ञान आर्जनका लागि पनि लुम्बिनी आउनुपर्छ भन्ने मान्यताका साथ अघि बढेको विश्वविद्यालयलाई प्रगतिको कामना गरे ।
गण्डकीमा पनि केन्द्र स्थापना गरी बौद्ध दर्शन सम्बन्धी अध्ययन अध्यापन गराउने कार्यको स्वागत गर्दै उनले गण्डकी प्रदेश सरकारले पनि आवश्यक सहयोग, समन्वय गर्ने विश्वास व्यक्त गरे ।
‘अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणा बमोजिम स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बौद्ध धर्म दर्शनको अन्तर्राष्ट्रिय प्राज्ञिक थलोका रूपमा विकास गर्न सबै पक्षको सहयोग जरूरी छ ।’ उनले भने – ‘गोष्ठीले साझेदारहरूबीच गहन अन्तक्र्रिया गरी सरोकारवाला पक्षसँग आपसी सम्बन्ध विस्तार गर्न, केन्द्र स्थापनाको लागि आधार तयार गर्न सक्नेछ भन्नेमा विश्वस्त छु ।’
बौद्ध दर्शन जीवनसँग जोडिने विषय हो: निवर्तमान मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले बौद्ध दर्शन जीवनसँग प्रत्यक्ष जोडिने विषय रहेकाले यसलाई सर्वव्यापी बनाउनुपर्नेमा जोड दिए । अधिकारीले बौद्ध धर्म, दर्शन, संस्कृति विश्वले थाहा पाउनुपर्ने उच्च श्रेणीको रहेको बताए ।
संघीय पूर्व गृहमन्त्री तथा स्वास्थ्यमन्त्री अधिकारीले पोखरामा अनुसन्धान केन्द्र स्थापना गर्न विलम्व नगर्न अनुरोध गर्दै गण्डकी प्रदेश सरकारले यसका लागि साथ सहयोग गर्नुपर्ने र आफूले सक्दो पहल गर्ने बताए ।
‘बुद्ध एशियाको प्रकाश मात्र होइन, संकुचन गरियाे । संसारले खोजेको अहिंशा, शान्ति र समृद्धिका प्रवर्द्धक बुद्ध हुनुहुन्छ’ – उनले भने – ‘बुद्ध दर्शनलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउनुपर्छ । अनुसन्धान केन्द्रहरू देश विदेशमा स्थापना गर्न अग्रसर हुनुपर्छ ।’
बौद्ध विश्वविद्यालयले पर्याप्त तपोभूमि, विहार बनाउँदै धार्मिक पर्यटकीय गन्तव्य बनाउन अझै मेहनत गर्न सुझाव पनि दिए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’