पोखरा । २५ करोड लगानीमा गण्डकी प्रदेशसभाको नयाँ भवन निर्माण कार्य सुरू भएको छ । पोखरा–३ नदीपुरस्थित हाल प्रयोग भइरहेको भवन पछाडिपट्टि ७ रोपनी क्षेत्रफलमा नयाँ संरचना बन्न लागेको हो ।
शहरी विकास तथा भवन कार्यालय कास्की प्रमुख सी.डी.ई ओमराज ढुंगानाका अनुसार नगर विकास प्रशिक्षण केन्द्रको स्वामित्वमा रही प्रदेश सरकारसँग भोगाधिकार भएको १ सय १० रोपनीमध्ये ७ रोपनीमा नयाँ भवन बन्न लागेको हो ।

निर्माण स्थलमा रहेको एउटा टहरा भत्काएपछि भवनको शिलान्यास गर्ने तयारी गरिएको छ । अहिले निर्माण स्थल सफाइको काम भइरहेको छ ।
श्रेष्ठ एन्ड सन्स–इस्ट बेस्ट जेभी, नयाँबानेश्वर काठमाडौंसँग २५ करोड ३७ लाख ८२ हजार ८ सय ६० रुपैयाँमा गत माघ १८ मा निर्माण सम्झौता भएको छ । ४४ करोड ९४ लाख ९१ हजार रुपैयाँको लागत इस्टिमेट तयार गरी ०८१ साउन २१ मा बोलपत्र आव्हान् गरिएकोमा ३५ निर्माण कम्पनीले भवन बनाउने प्रस्ताव पेस गरेका थिए । त्यसमध्ये २६ कम्पनी छनोट भएकोमा सबैभन्दा कम लागत प्रस्ताव गरेको श्रेष्ठ एन्ड सन्स–इस्ट बेस्ट जेभी, नयाँ बानेश्वर काठमाडौंले निर्माणको जिम्मा पाएको हो ।

३६ महिनाभित्र निर्माण कार्य सक्नुपर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता गरिएको छ । सम्झौताअनुसार ०८४ माघ १८ सम्म संसद् भवन बनाइसक्नुपर्ने हुन्छ । वर्तमान प्रदेशसभा सदस्यहरूले भने प्रयोग गर्न पाउनेछैनन् । ०८४ मंसिरमा चुनिने तेस्रो कार्यकालका सांसद नयाँ भवनमा चल्ने संसद् बैठकमा सहभागी हुन पाउनेछन् ।
नयाँ भवन तीन तले बन्नेछ । पहिलो तलामा संसद् बैठक कक्ष रहनेछ । त्यहाँ ७८ जना अट्ने गरी च्याम्बर बन्नेछ । कार्यव्यवस्था परामर्श समितिको बैठक कक्ष, सामान्य र भीआईपी कक्ष, लाइब्रेरी, भिडियो कन्फेरेन्स र टिभी स्टुडियो सोही तलामा रहनेछन् ।

भुईंतलामा ५ वटा संसदीय दलको बैठक कक्ष र ५ वटा भीआईपी कार्यालय बनाइने छ । मुख्यमन्त्री, सभामुख, उपसभामुख, विपक्षी दलका नेता र संसद् सचिवालय सचिवको कार्यालय भुईंतलामा रहनेछ ।
दोस्रो तलामा ८० जना क्षमताको दर्शक दीर्घा, बहुउद्देश्यीय बैठक कक्ष, स्टोर र बार्दली रहनेछ । २ वटा लिफ्ट पनि रहने भवना तेस्रो तलामा के–के राख्ने भन्ने तय भएको छैन । भवन बाहिरपट्टि चमेनागृह, पार्किङ निर्माण गरिनेछ।
3D Design by: Scale Architects Private Limited
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’