पोखरा । सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा बैदाम र लियो क्लब अफ पोखरा संगमको आयोजनामा पोखरामा दन्त स्वास्थ्य शिक्षा तथा शिविर भएको छ । पोखरा ६ लेकसाइडका सामुदायीक प्रहरी सेवा बैदामको कार्यालयमा भएको शिविरमा करिब १ सय २५ जनाले स्वास्थ्य सेवा लिएका छन् । पैरवी हेल्थ एण्ड डेन्टल केयर सेन्टरको प्राविधिकि तथा पोखरा महानगरपालिका वडा नम्बर ६ को सहकार्य रहेको थियो ।
मुख, गिजा तथा दन्त स्वास्थ्य शिक्षा दिने उद्देश्यले आयोजना भएको कार्यक्रममा कसरी मुख, गिजा तथा दातलाई स्वास्थ्य राख्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएको थियो । सेन्टरकी प्रशिक्षक दशमी गुरुङले स्वस्थ रहन मुख, गिजा र दाँत सफा राख्नु पर्ने बताइन् । उनले मुख स्वास्थ्य भनेको दाँत मात्र नभई गिजा, जिब्रो, भित्रको गालासमेत रहेको बताइन् । दाँत मात्र माँझेर मुख सफा वा स्वस्थ नहुने उनको भनाई छ । दाँतका साथसाथै जिब्रो, गिजालाई पनि सफा र स्वस्थ राख्नु पर्ने उनको भनाई छ ।
शिविरमा सबै भन्दा बढि दाँतमा किरा लागेका विरामीहरु आएको सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुर बरालले बताए । उनले किरा लागेर दाँत टुक्राटुक्रा भएर झर्ने, गिजासम्बन्धी समस्या भएर दाँत झर्ने तथा सुन्निने समस्या भएका विरामी धेरै आएको बताए ।
शिविरमा स्वदेशी तथा विदेशी नागरीकले स्वस्थ्य सेवा लिएका थिए । नेपालमा दाँतको समस्या भएका विरामी धेरै हुने भएकाले आफुहरुले शिविर राखेको लियो क्लब अफ संगमका अध्यक्ष सगुन पौडेलले बताए ।
शिविरको उद्घाटन कार्यक्रममा लायन्सका पुर्व गर्भनर दिपक श्रेष्ठ, पोखरा महानगरपालिका वडा नम्बर ६ का सदस्य दिपेन्द्र पहारी, सामुदायीक प्रहरी सेवा बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, पुर्व अध्यक्ष पम्फा पहारी, लियो क्लब अफ संगमका सचिब आरम्भ पहारी लगाएतले लायन्स, सामुदायीक प्रहरी र मुख, गिजा र दाँतको सफाइका बारेमा चर्चा गरेका थिए । उनीहरुले दिनको दुई पटक दाँत माझ्ने, जहिले पनि मञ्जन प्रयोग गर्ने लगाएतका कुरामा ध्यान दिनु पर्ने बताएका थिए । शिविरमा डाक्टर विनिता ढुङ्गाना, आरडिएच सुनिल घले, अन्जली गुरुङ, रेजिया लगाएतले शिविरमा सेवा प्रदान गरेका थिए ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?