पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा गण्डकी प्रदेश स्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी गरिने भएको छ ।
गण्डकी प्रदेशमा रहेका विभिन्न जातजातीहरुको मौलिक सांस्कृतिक झाँकी प्रदर्शनी कार्यक्रम गर्न लागिएको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ ।
झाँकी प्रदर्शनीमा सहभागी समूहमध्य उत्कृष्ट समूलाई नगद सहित सम्मान पनि गरिने छ । जहाँ प्रथम हुने समूहलाई रु ३१ हजार १३१ सहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने भएको छ ।
साथै, दोस्रो हुने झाँकी समूलाई २५ हजार ५२५, तेस्रो हुने समूहलाई रु २१ हजार १२१ र चौथो हुने समूहलाई नगद रु १५ हजार ५१५ सहित मायाको चिनो र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको छ ।
कास्की जिल्लाभन्दा बाहिरबाट सहभागी हुने साँस्कृतिक समूहलाई आउने जाने बस भाडाको व्यवस्था गरेको पनि आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागी हुन चाहने गण्डकी प्रदेशमा रहेका झाँकी समूहले सम्पर्क गरेर पनि आफ्नो समूहको नाम दर्ता गर्न सक्नेछन् । जसका लागि आयोजकले ९८५६०३२४७३,९७६३२५२१२१ र ९७०५२५२१२५ नम्बरहरु सार्वजनीक गरेको छ ।
त्यस्तै, गण्डकी कोटिहोम महायज्ञमा राष्ट्रिय भजन प्रतियोगीता, माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गर्ने भएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन