तनहुँको भीमाद नगरपालिकाका प्रथम मेयर मेखबहादुर थापाको निधन भएको छ।
भीमाद–२ घर भएका थापाको काठमाडौँ स्थित किष्ट हस्पिटलमा उपचारको क्रममा आज सोमबार दिउँसो ५५ वर्षको उमेरमा निधन भएको हो। पछिल्लो समय थापा कलेजोको समस्याबाट ग्रसित थिए।
छोरी निशा थापाले सोमबार मात्रै बुवालाई कलेजो दान दिन तयारी गरिएका बेला उनको निधन भएको हो। आइतबार साँझ सिकिस्त भएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो।
थापाको शव आजै राती स्थित निवासमा ल्याइनेछ। भोलि श्रद्धाञ्जलीका लागि नगरपालिकामा पूर्वमेयर थापाको पार्थिव शरीरलाई राखिनेछ। भोलि नै भीमादस्थित सेती नदी किनारमा अन्त्येष्टि गर्ने तयारी छ।
शोकमा भोलि मंगलबार भिमादमा शोक बिदा दिइने भएको नगरपालिकाले जनाएको छ ।
मेखबहादुर २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट भीमाद नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। उनकी धर्मपत्नीको भोविमाया थापाको गएको फागुन २३ गते मिर्गौलाको समस्याको कारणले मृत्यु भएको थियो।
पत्नी गुमाएको डेढ महिनापश्चात् मेखबहादुरको पनि निधन भएको छ। मेयर थापाका १ छोरा र १ छोरी छन्।
थापाको निधनप्रति नेकपा एमाले गण्डकी प्रदेशका इन्चार्जसमेत रहेका किरण गुरुङले दु:ख व्यक्त गरेका छन्। गण्डकी प्रदेश कमिटीका सदस्य थापाको निधनको खबरले स्तब्ध तुल्याएको उनले सामाजिक सञ्जालमा लेखेका छन्।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ