पोखरा वडा नं. ५, पर्स्याङस्थित शान्ति निकेतन स्कूलले नयाँ शैक्षिकसत्रको पूर्वसन्ध्यामा शैक्षिक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
विद्यालयका शिक्षण गतिविधिहरुलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको अभिमुखीकरण आयोजना गरिएको विद्यालयले जनाएको छ ।
प्रमुख वक्ता राष्ट्रिय परीक्षा बोर्ड, गण्डकी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, पोखराका पूर्व प्रमुख दीपेन्द्र ढकालले शिक्षकको प्रभावकारी भूमिका अनिवार्य रहेको र समयसापेक्ष बालमैत्री वातावरण निर्माण गरी पठनपाठन हुनुपर्नेमा जोड दिएका थिए ।

पोखरा महानगरपालिका, शिक्षा महाशाखा अधिकृत रामप्रसाद तिवारीले विद्यालयको शैक्षिक उपलब्धिको खुलेर प्रशंसा गर्दै अब भौतिक संरचना निर्माणसँगै स्कुलको सफलताको यात्रा अघि बढ्ने विश्वास लिए ।
स्कूलका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले अत्याधुनिक प्रविधिमैत्री भवन निर्माण गर्न लागेको जानकारी दिँदै विद्यालयले आफ्नो गौरवमय इतिहास र विरासतलाई निरन्तरता दिँदै समावेशी, समतामूलक समाज निर्माणमा विद्यार्थी केन्द्रीत शिक्षा प्रणाली अवलम्वन गरिने बताए ।

विद्यालयले ६० करोड बजार मूल्यको जग्गामा १५ करोड लगानीमा ५ तले भवन निर्माण गर्दैछ । नयाँ वर्षकै दिन सोमबार भवनको शिलान्यास भइसकेको छ भने यही वर्षभित्र निर्माण सक्ने लक्ष्य छ ।
शान्ति निकेतन स्कुलको नयाँ भवन बागलुङ राजमार्गबाट १०० मिटर भित्र पोखरा ५ को धारापानीमार्गमा बन्न लागेको हो । पूरानो भवनमा मन्टेश्वरी तहदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूका लागि पठनपाठन सञ्चालन भइरहेको छ भने नयाँ भवनमा कक्षा ४ देखि कक्षा १२ सम्म पठनपाठन हुनेछ । आगामी २०८३ सालदेखि कक्षा १२ सम्मको पाठ्यक्रम विस्तार गरिनेछ ।



सम्बन्धित समाचारः
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो