पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीविन्दु कुमार थापाले सांकेतिक भाषा तालिम समावेशी समाज निर्माण तर्फको महत्वपूर्ण कदम भएको बताएका छन् ।
मन्त्रालयको समन्वयमा राष्ट्रिय बहिरा महासंघ नेपाल, गण्डकी प्रदेशद्वारा आयोजित तीन महिने आवासीय दोभाषे तालिम (सांकेतिक भाषा संचार) कार्यक्रमको उद्घाटन गर्दै उनले सांकेतिक भाषा बहिरा समुदायको जीवन सँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण संचारको माध्यम भएको उल्लेख गरे ।
“सांकेतिक भाषा केवल संचारको माध्यम होइन, यो बहिरा समुदायको पहिचान, अधिकार र अभिव्यक्तिको आधार हो”,उनले भने, “यसले उनीहरूको सामाजिक सहभागिता सुनिश्चित गर्न र समावेशी समाज निर्माण गर्न सहयोग पुर्याउँछ।”
मन्त्री थापाले यस्तो किसिमको तालिमले दोभाषेहरू र बहिरा समुदाय बीचको आपसी समझदारी, आत्मीयता र समन्वयलाई मजबुत बनाउने विश्वास व्यक्त गरे । “हामी केवल नीति र योजना निर्माण मै सीमित रहनु हुन्न, व्यवहारमा समेत पहुँच र समान अवसरको प्रत्याभूति गराउने प्रतिबद्धता साथ अगाडि बढिरहेका छौँ”, मन्त्री थापाले जोड दिए । अपाङ्गताका क्षेत्रमा काम गरेका संघ संस्थाहरुको लागि कार्यक्रम संचालन गर्न प्रदेश सरकारले एक करोड विनियोजन गरेको र सोहि अनुरुप विभिन्न १० प्रकारका अपाङ्गता सम्बन्धि संघ संस्थाहरुलाई प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्थापन मिलाइएको मन्त्री थापाको भनाई छ ।
उनले प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याउन लागेको जानकारी गराए । अपाङ्गमैत्री कानून निर्माणका लागि मन्त्रालय प्रतिबद्ध रहेको भनाई उनको छ ।
गण्डकी प्रदेशकी सांसद सुनीता थापा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा आयोजना गरिएको दोभाषे तालिम फलदायी हुनेमा आशावादी छिन् । राष्ट्रिय बहिरा महासंघ नेपाल गण्डकी प्रदेशको अध्यक्ष समेत रहेकी उनले संघलाई प्रभावकारी बनाउन आफु लागि पर्ने प्रतिबद्धता व्यक्त गरिन् । अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितताका लागि सदनबाट आवाज बुलन्द बनाउँदै लैजाने कुरामा दृढ रहेको भनाई उनको छ ।
पोखरा महानगरपालिका वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले तालिम प्रभावकारी भएको उल्लेख गरे । कार्यक्रममा विभिन्न जिल्लाबाट आएका प्रशिक्षार्थी, संघीय र प्रदेश तहका सरोकारवाला निकायका प्रतिनिधिहरू, बहिरा संघ/संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो। प्रशिक्षार्थीहरूलाई सांकेतिक भाषा, बहिरा समुदायको सामाजिक–मनोसामाजिक आवश्यकता, समावेशी संचार, मानव अधिकार र सहजीकरणका विविध पक्षहरूमा व्यावहारिक ज्ञान र सीप प्रदान गरिने आयोजक संस्थाले जनाएको छ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह