पोखरा । महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)द्वारा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आजदेखि पोखरामा तीन दिने डिजिटल मार्केटिङ र अनलाइन बुकिङ प्रणाली विषयक तालिम सुरु गरिएको छ ।
महिला पर्यटन व्यवसायीलाई लक्षित गरी आयोजित तालिममा पर्यटन व्यवसाय र अवसरहरू, व्यवसायिक कानुनी पक्ष लगायतका विभिन्न विषयमा तालिम दिइने ओटेफका अध्यक्ष उमा रेग्मीले जानकारी दिए ।
पछिल्ला समयमा पर्यटन व्यवसायका क्षेत्रमा महिला सहभागिता बढ्दै गएको बताउँदै उनले पर्यटन व्यवसायमा बढ्दो प्रविधिको प्रयोग लगायतका विषयमा विभिन्न विज्ञहरूले तालिम दिनुहुने जानकारी दिए ।
तालिमको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरामा पर्यटकको बसाई लम्ब्याउनुपर्नेमा जोड दिए । पर्यटन क्षेत्रको बजारीकरणममा नविनतम प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिदै उनले तालिमबाट प्राप्त उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गरे ।
पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पोखरा विमानस्थल निर्माणका सम्बन्धमा दोषीलाई कारवाही गनुपर्ने तर यसलाई जोडेर समग्र पोखरालाई बदनाम गर्न नपाइने धारणा राखे ।
पोखरा पर्यटन परिषद्का बरिष्ठ उपाध्यक्ष हरि भुजेल, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी लगायतले पोखरामा पर्यटकको बसाई लम्ब्याउने किसिमका गतिविधि सञ्चालन गर्नुपर्ने बताए ।
तालिममा पर्यटन व्यवसायमा संलग्न ६० जना महिला पर्यटन व्यवसायी सहभागी रहेको ओटेफका महासचिव एवम् कार्यक्रम संयोजक लक्ष्मी लामिछानेले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो