पोखरा । गुप्तेश्वर गुफा व्यवस्थापन समितिको आयोजना एवम् वालन तथा कला संस्कृतिक प्रतिष्ठान नेपालको संयोजनमा आयोजित एक महिने वाद्यवादन तालिम आज सम्पन्न भएको छ ।
गित संगितलाई सुमधुर र मनोरञ्जनयुक्त तुल्याउन वाद्यवादन सामाग्री बजाउन सिप प्रदान गर्ने लक्ष्यका साथ सञ्चालित तालिममा मादल, खैजरी, मुजुरा, हार्मोनियम र वाँसुरी गरि पाँच विधामा ५२ जनाको सहभागिता रहेको थियो ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमका सहभागिलाई प्रमाणपत्र वितरण गर्दै प्राप्त ज्ञान र सिपलाई व्यवहारमा उतार्न सके मात्र प्रशिक्षणले सफलता प्राप्न गर्ने विश्वास व्यक्त गरे ।
धार्मिक क्षेत्र गुफाको आम्दानीबाट गुफाको संरक्षणका साथै शैक्षिक, आध्यात्मिक, तथा यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै उनले प्रचलित कानूनी रुपमा सम्पन्न यस धार्मिक क्षेत्रको आम्दानीमा कसैले पनि आँखा लगाउन नसक्ने बताए ।
नातीदेखि हजुरआमासम्म तीन पुस्ताको सहभागि रहेको उक्त प्रशिक्षण अन्तर्गत मादलमा सविता गिरी र सोसन सुवेदी, खैजरीमा दिपा कुमारी तिमिल्सिना,मुजुरामा रमादेवी पौडेल, हार्माेनियममा प्रशान्त जोशी र वाँसुरीमा सिख न्यौपाने सर्वोत्कृट भई पुरस्कृत भएका थिए ।
वालन तथा कला संस्कृतिक प्रतिष्ठान नेपालका कार्यवाहक अध्यक्ष नवराज बराल, लोकभजन चुडका प्रतिष्ठान गण्डकी प्रदेश अध्यक्ष वसन्त बास्तोल , जिल्ला अध्यक्ष शालिकराम गौतम, बरिष्ठ प्रशिक्षक आर्जप पौडेल र सोनाम नेपालीले सहभागिलाई प्रशिक्षण प्रदान गर्नु भएको गुफा व्यवस्थापन समितिका सदस्य एवम् कार्यक्रम संयोजक कृष्ण पोखरेलले जानकारी दिए ।
गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य विष्णुमाया थापा, गुप्तेश्वर महादेव वहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष श्रीराम सुवेदी, गुफा व्यवस्थापन समितिका सल्लाहकार हरिप्रसाद बास्तोला, गुफा व्यवस्थापन समितिका उपाध्यक्ष ईश्वरी लम्साल,सहभागि धना पौडेल(शान्ति) संस्थाका सचिव उत्तम सिग्देल लगायतले गुफाले गर्दै आएका विविध गतिविधि र वाद्यवादन तालिमको महत्व माथि प्रकाश पारेका थिए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ