साढे ७ हजारले घट्यो सुनको मूल्य

साढे ७ हजारले घट्यो सुनको मूल्य

sun gold

काठमाडौं । पछिल्लो केही दिन यता लगातार उच्च वृद्धि देखिएको सुनको मूल्य बुधबार भने घटेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भमा हस्तक्षेप गर्न खाजेपछि सोमबार र मंगलबारको सुरुवाती समयमा अन्तराष्ट्रिय बजारमा नै सुनको मूल्य उच्च दरमा बढेको थियो ।

तर, मंगलबार अन्तिम समयमा अन्तराष्ट्रिय बजारमा घटेर बन्द भएको सुनको मूल्य बुधबार पनि घटेको कारण नेपाली बजारमा बुधबारको लागि सार्वजनिक भएको नयाँ मूल्य घटेको हो ।

मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ हजार ९०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको थियो । बुधबार तालामै ७ हजार ५०० रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायि महासंघले जनाएको छ ।

बुधबार चाँदी मूल्य पनि घटेको छ । मंगलबार तोलामा १० रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँमा कारोबार भएकोमा बुधबार घटेको छ । बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ९६५ मा कारोकार भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds