पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञ को प्रचार–प्रसार र धार्मिक तथा सामाजिक सद्भावको सन्देश फैलाउन मानवसेवा फाउण्डेशनले भोलि साइकल र्याली आयोजना गर्ने भएको छ ।
र्याली बैशाख ११ गते, विहीबार बिहान ७ बजे बिरौटास्थित कोटिहोम स्थलबाट सुरु हुने छ । ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, बिन्ध्यवासिनी मन्दिर, भैरवटोल, नालामुख, तेश्रोपट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक, नागढुङ्गा, पुरानो एयरपोर्ट र पार्दी हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर र्याली समापन हुनेछ।

महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्तिका अनुसार यो साइकल र्यालीले स्वास्थ्य, वातावरण र पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण सन्देश दिनेछ। साइक्लिङमार्फत इन्धनको बचत, मानव स्वास्थ्यलाई चुस्त राख्ने, र पोखरा भ्रमण वर्ष २०२५ को विकासमा योगदान पुर्याउने लक्ष्य राखिएको छ।
उनले सम्पूर्ण पोखरेलीहरूलाई र्यालीमा सहभागी भई यो अभियानलाई सफल बनाउन अनुरोध पनि गरेका छन् ।
मानवसेवा फाउण्डेशनले कोटिहोम महायज्ञको प्रचारका लागि थप कार्यक्रमहरू पनि आयोजना गर्दैछ। बैशाख १२ गते मोटरसाइकल र्याली, बैशाख १३ गते ट्याक्सी र्याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली र बैशाख १६ गते बृहत् कलश यात्रा आयोजना हुने फाउण्डेशनले जनाएको छ।
यो साइकल र्यालीले धार्मिक, सामाजिक, र पर्यटकीय सन्देशलाई एकसाथ प्रवाह गर्दै पोखराको सांस्कृतिक र पर्यटकीय महत्वलाई उजागर गर्ने आयोजकले अपेक्षा गरेको छ ।
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो