पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञ को प्रचार–प्रसार र धार्मिक तथा सामाजिक सद्भावको सन्देश फैलाउन मानवसेवा फाउण्डेशनले भोलि साइकल र्याली आयोजना गर्ने भएको छ ।
र्याली बैशाख ११ गते, विहीबार बिहान ७ बजे बिरौटास्थित कोटिहोम स्थलबाट सुरु हुने छ । ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, बिन्ध्यवासिनी मन्दिर, भैरवटोल, नालामुख, तेश्रोपट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक, नागढुङ्गा, पुरानो एयरपोर्ट र पार्दी हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर र्याली समापन हुनेछ।

महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्तिका अनुसार यो साइकल र्यालीले स्वास्थ्य, वातावरण र पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण सन्देश दिनेछ। साइक्लिङमार्फत इन्धनको बचत, मानव स्वास्थ्यलाई चुस्त राख्ने, र पोखरा भ्रमण वर्ष २०२५ को विकासमा योगदान पुर्याउने लक्ष्य राखिएको छ।
उनले सम्पूर्ण पोखरेलीहरूलाई र्यालीमा सहभागी भई यो अभियानलाई सफल बनाउन अनुरोध पनि गरेका छन् ।
मानवसेवा फाउण्डेशनले कोटिहोम महायज्ञको प्रचारका लागि थप कार्यक्रमहरू पनि आयोजना गर्दैछ। बैशाख १२ गते मोटरसाइकल र्याली, बैशाख १३ गते ट्याक्सी र्याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली र बैशाख १६ गते बृहत् कलश यात्रा आयोजना हुने फाउण्डेशनले जनाएको छ।
यो साइकल र्यालीले धार्मिक, सामाजिक, र पर्यटकीय सन्देशलाई एकसाथ प्रवाह गर्दै पोखराको सांस्कृतिक र पर्यटकीय महत्वलाई उजागर गर्ने आयोजकले अपेक्षा गरेको छ ।
सम्बन्धित खबर
युआरएल हस्पिटलचोकमा शिविर
पोखरा आइपुगे सञ्जु राठोड
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा वडा नं. १४ का टोल सुधार समिति र विद्यार्थीलाई प्रशिक्षण
फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?