तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले दुइ वर्ष देखी फरार रहेका ज्यान मार्ने मुद्दाका २ जना सहित खुकुरी र तरबार प्रर्दशन गर्ने १ जना लाई पक्राउ गरेको छ ।
चार्ड पर्वको लागि तयार पारिएको विशेष सुरक्षा बमोजिम फरार प्रतिबादीहरुको खोजतलास एबं पक्राउको लागि जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुबाट ब्यापक रुपमा प्रहरी परिचालन गरी बिभिन्न स्थानमा गस्ती पेट्रोलिङ चेकप्वाईन्ट समेत बढाई निग्रानी बढाएको छ ।
गत २०७३ साल भदौ ११ गते सवा ९ बजे व्यास नगरपालिका वडा नं २ गणेशमान चोक स्थित सेतीमादी दोहोरी साँझमा २३ वर्षीय कृष्ण बहादुर घर्तीलाई धारिलो हतियार खुकुरी प्रहार गरेको घटनामा संलग्न रही फरार रहेका लाइ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ज्यान मार्ने उद्योग मुद्दाको प्रतिवादी विरेन भन्ने विरेन्द्र गुरुङलाई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विहिबार बिहान आँबुखैरेनी गाउँपालिका वडा नं २ स्थित चेकप्वाईन्टमा फेला पारी गुरुङ लाई पक्राउ गरीएको हो ।
त्यस्तै २०७४ भदौ २० गते राति ९ बजे ब्यास नगरपालिका वडा नं ४ बागबजार टोलमा रहेको ड्राईभईन होटलमा बिरेन्द्र गुरुङलाई खुकुरी प्रहार गरेको र गत २०७४ फागुन ९ गते बेलुका ४ बजे म्याग्दे गाउँपालिका वडा नं ६ पिपलटार स्थित सन्जु भुजेल समेतलाई धारिलो हतियारले प्रहार गरेको घटनामा संलग्न रही फरार प्रतिवादी लाइ प्रहरिले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बन्दिपुर गाउँपालिका वडा नं ६ कल्लेरी बस्ने बर्ष ३१ को विरेन भन्ने विरेन्द्र गुरुङ र शुक्लागण्डकी नगरपालिका वडा नं ५ बेलचौतराका बर्ष २४ को मनोज लामिछाने रहेको प्रहरी जनाएको छ । ज्यान मार्ने उद्योग मुद्दाको प्रतिवादी मनोज लामिछानेलाई विहिबार १ बजे शुक्लागण्डकी नगरपालिका वडा नं ३ दुलेगौडामा बाट प्रहरीले पक्राउ गरेको हो । लामिछाने लाई पक्राउ गरी निज दुबै जनालाई कार्बाहीको लागि जिल्ला अदातल तनहुँमा पेश गरिएको प्रहरीले जनाएको छ ।
खुकुरी र तरबार साथमा लिई हिड्ने १ जना पक्राउ
तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं ३ पिप्ले स्थित मर्स्याङ्दी घाटमा गत बुधबार धारिलो हतियार खुकुरी प्रर्दशन गरी सर्बसाधारण मानिसहरुमा खतरा एबं भयभित र आतङ्कित मच्चाउदै गरेका एक जना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दिपुर गाउँपालिका वडा नं ६ बस्ने बर्ष २४ का बुद्दी बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
गुरुङलाई १ थान खुकुरी र १ थान तरबार सहित नियन्त्रणमा लिई विहीबार सार्बजनिक हित, स्वास्थ्य, सुबिधा, सुरक्षा र नैतिकता बिरुद्दको कसूर अन्तर्गत सार्बजनिक उपदयाई गर्न नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्याल जानकारी दिए ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्