गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकमा सुरेन्द्रबाबु

नियुक्ति

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकमा सुरेन्द्रबाबु

surendrababu-tiwari

पाेखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकमा सुरेन्द्रबाबु तिवारी नियुक्त भएका छन् । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले तिवारीलाई आगामी ५ वर्षका लागि प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।

प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा गठित समितिले तिवारीसँगै भानुभक्त पराजुली र श्रीकृष्ण पौडेलको नाम सिफारिस गरेकोमा तिवारी नियुक्त भएका हुन्।

यसअघि, कार्यकारी निर्देशक ऋषिराम पाण्डे थिए । उनको कार्यकाल सकिनुअगावै २१ फागुनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले १५ दिनको म्याद राखेर सूचना जारी गरेकामा १४ जनाले आवेदन दिएका थिए । अन्तिम सूचीमा परेका ६ जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुति गराइएको थियो । तिवारी, पराजुली र पौडेलसहित कुमारकञ्चन जिसी, होमनाथ गैरे र विजय वाग्लेले कार्ययोजना प्रस्तुति दिएका थिए।

पोखरा ३१, वेगनासताल निवासी तिवारीले अंग्रेजी साहित्यमा एमए गरेका छन् । त्यस्तै, द्वन्द्व, शान्ति र विकास अध्ययनमा पनि स्नातकोत्तर गरेका हुन् । उनी विकास अध्ययनमा पिएचडी शोधार्थीसमेत हुन्।

पोखरा महानगरपालिका सहरी योजना आयोगका निवर्तमान सदस्य उनी विभिन्न तालिम र विकासतर्फ राम्रो अनुभवी हुन्।

गण्डकी प्रदेश र स्थानीय तहमा निर्वाचित, मनोनीत तथा नियुक्त पदाधिकारी एवं कर्मचारीको क्षमता विकास, प्रदेश सरकार र स्थानीय तहका कार्यक्रम कार्यान्वयनमा सहजीकरण, प्रदेश अन्तर्गतका सरकारी तथा अर्धसरकारी निकाय र स्थानीय तहको संस्थागत सुधार एवं शासकीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सरकारले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०७५ अन्तर्गत ५ वर्षअघि प्रतिष्ठान स्थापना गरेको हो।

हालसम्म जनप्रतिनिधि र कर्मचारी गरी करिब २० हजारजना प्रशिक्षित भैसकेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds