पोखराको बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचारप्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न मानवसेवा फाउण्डेशनले आज साइकल र्याली आयोजना गरेको छ ।
बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु र्याली ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, बिन्ध्यवासिनी मन्दिर, भैरवटोल, नालामुख, तेश्रोपट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक, नागढुङ्गा, पुरानो एयरपोर्ट र पार्दी हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन भएको थियो। र्यालीमा स्थानीयवासी र युवाको सहभागिता रहेको थियो।

महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्तिले र्यालीले स्वास्थ्य, वातावरण संरक्षण, र पर्यटन प्रवर्द्धनको सन्देश प्रवाह गरेको बताए ।
“यो र्यालीले इन्धनको बचत, मानव स्वास्थ्यको प्रवर्द्धन, र पोखरा भ्रमण वर्ष २०२५ को विकासमा योगदान पुर्याउने हाम्रो लक्ष्यलाई सार्थक बनाएको छ,” उनले भने ।
मानवसेवा फाउण्डेशनका अनुसार कोटिहोम महायज्ञको प्रचारका लागि थप कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्। बैशाख १२ गते ट्याक्सी र्याली, बैशाख १३ गते मोटरसाइकल र्याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली, र बैशाख १६ गते बृहत् कलश यात्रा आयोजना हुनेछ।
यो साइकल र्यालीले धार्मिक, सामाजिक, र पर्यटकीय सन्देशलाई एकसाथ प्रवाह गर्दै पोखराको सांस्कृतिक र पर्यटकीय महत्वलाई थप उजागर गरेको आयोजकको भनाइ छ।
कोटीहोममा सुश्री अनुराधा पाण्डेयले भागवत कथा प्रवचन चैत्र २९ बाट दिन समेत सुरु गरेकी थिइन् । देवी प्रतिभा, दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतले कथावाचन गर्नेछन् । कोटीहोम आगामी वैशाख १७ देखि जेठ २६ गतेसम्म बिरौटाको सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा हुनेछ ।
सम्बन्धित खबर
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु