पोखराको बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचारप्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न मानवसेवा फाउण्डेशनले आज साइकल र्याली आयोजना गरेको छ ।
बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु र्याली ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, बिन्ध्यवासिनी मन्दिर, भैरवटोल, नालामुख, तेश्रोपट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक, नागढुङ्गा, पुरानो एयरपोर्ट र पार्दी हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन भएको थियो। र्यालीमा स्थानीयवासी र युवाको सहभागिता रहेको थियो।

महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्तिले र्यालीले स्वास्थ्य, वातावरण संरक्षण, र पर्यटन प्रवर्द्धनको सन्देश प्रवाह गरेको बताए ।
“यो र्यालीले इन्धनको बचत, मानव स्वास्थ्यको प्रवर्द्धन, र पोखरा भ्रमण वर्ष २०२५ को विकासमा योगदान पुर्याउने हाम्रो लक्ष्यलाई सार्थक बनाएको छ,” उनले भने ।
मानवसेवा फाउण्डेशनका अनुसार कोटिहोम महायज्ञको प्रचारका लागि थप कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्। बैशाख १२ गते ट्याक्सी र्याली, बैशाख १३ गते मोटरसाइकल र्याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली, र बैशाख १६ गते बृहत् कलश यात्रा आयोजना हुनेछ।
यो साइकल र्यालीले धार्मिक, सामाजिक, र पर्यटकीय सन्देशलाई एकसाथ प्रवाह गर्दै पोखराको सांस्कृतिक र पर्यटकीय महत्वलाई थप उजागर गरेको आयोजकको भनाइ छ।
कोटीहोममा सुश्री अनुराधा पाण्डेयले भागवत कथा प्रवचन चैत्र २९ बाट दिन समेत सुरु गरेकी थिइन् । देवी प्रतिभा, दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतले कथावाचन गर्नेछन् । कोटीहोम आगामी वैशाख १७ देखि जेठ २६ गतेसम्म बिरौटाको सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा हुनेछ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ