पोखरा । कोपिला नेपालको आयोजना र पत्रकार महासंघ कास्कीको समन्वयमा ‘पत्रकारका लागि डिजिटल साक्षरता’ विषयक तालिम शनिबार सम्पन्न भएको छ ।
द युरोपियन युनियन र इन्टरनेशनल एलर्टको सहयोग साथै नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिजम् नेटवर्कको प्राविधिक सहयोगमा बैशाख ११, १२ र १३ गते ३ दिनसम्म चलेको तालिममा पोखराका २० जना पत्रकारले भाग लिएका थिए ।
प्रशिक्षक रजनीश भण्डारीले मोबाईल जर्नालिजम् टेक्निक, मल्टिमिडिया सम्बन्धि पछिल्लो अवस्था, कान्भा फर जर्नालिजम्, फोटो जर्नालिजम्, भिडियो इडिटिङ, एआई पत्रकारिता लगायतका विषयमा प्रशिक्षण दिएका थिए । उनले एआईको प्रयोगले पत्रकारितालाई अझ सहज, प्रभावकारी बनाउने बताउँदै पत्रकारहरू सबै विधामा सक्षम हुनुपर्ने भनाई राखेका थिए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले तालिमबाट सिकेको ज्ञानलाई प्रयोगमा आउने विश्वास व्यक्त गरे । उनले अहिले प्रविधिमा भइरहेको परिवर्तन सँगै विभिन्न चुनौतीहरुको सामना गर्दै पत्रकारिता गर्नुपर्ने अवस्था आएको भन्दै यस्ता तालिमले पत्रकारितामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा इन्टरनेशनल एलर्टका प्रोग्राम अफिर प्रतिष्ठा थापाले संस्थाका बारे जानकारी दिंदै पत्रकारिता क्षेत्रलाई अझै सफल र अगाडी बढाउन यस तालिममा सहकार्य गरेको बताइन् ।

कोपिला नेपालका संयोजक तीर्थबहादुर थापाले संस्थाका गतिविधि बारे प्रकाश पार्दै तालिममा सहभागि सबैलाई धन्यवाद व्यक्त गरेका थिए । विशेष गरी कोपिला नेपालले बालबालिका, महिला सुरक्षा घर, मानसिक स्वास्थ्य र लैंगिक हिंसाको पक्षमा काम गर्दै आएको थापाले जानकारी दिए ।
उनले पछिल्लो समय महिला सुरक्षा, लैंगिक हिंसा र मानसिक स्वास्थ्य बारे समस्या बढ्दो अवस्थामा रहेको बताउँदै यसबारे सुसुचित गराउने खालको कलम चलाउनसमेत पत्रकारलाई आग्रह गरे । उनले भने, “पछिल्लो समय धेरै जसो लिभिङ रिलेशनका बारे समस्या देखिएका छन् । सँगै बस्छन्, छुट्छन्, पछि विभिन्न समस्याहरु लिएर आउनुहुन्छ, कतिपय अवस्थामा भिक्टिम को हो?, कसरी उद्धार गर्ने? भन्ने पनि अन्योल हुन्छ । यस बारे पत्रकारले कलम चलाइदिनुहोस् ।” पत्रकारले यस विषयमा अहिलेको अवस्था र समस्याको बारेमा सक्रिय रुपमा कलम चलाए भने मात्रै पनि यस्ता घटना कम हुने उनले बताए।
कोपिला नेपालका संथापक महासचिव प्रकाशराज वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संयोजक थापाले गरेका थिए ।
तालिममा सहभागि प्रशिक्षार्थीहरुले तालिम उपयोगी र प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु