पोखरामा बृहत् मोटरसाइकल र्‍याली सम्पन्न, भोलि फेवातालमा डुङ्गा र्‍याली

पोखरामा बृहत् मोटरसाइकल र्‍याली सम्पन्न, भोलि फेवातालमा डुङ्गा र्‍याली

bike ryally

पोखरा । मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् मोटरसाइकल र्‍याली सम्पन्न भएको छ।

बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचारप्रसार तथा धार्मिक–सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित यो र्‍यालीमा सयौं मोटरसाइकल चालकहरू सहभागी भए।

र्‍याली बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भएको थियो। र्‍यालीले ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा, शितलादेवी, कुँडहर, मियापाटन, अमरसिंहचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन भएको थियो।

महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्तिले मोटरसाइकल र्‍यालीले पोखरावासीमा धार्मिक जागरण र सामाजिक एकताको सन्देश प्रवाह गरेको बताए। “यो र्‍यालीले महायज्ञप्रतिको उत्साहलाई अझै बढाएको छ। पोखरेली जनताको सहभागिताले हामीलाई थप प्रेरणा मिलेको छ,” उनले भने ।

र्‍यालीमा सहभागी मोटरसाइकल चालकहरूले महायज्ञको सन्देश बोकेका ब्यानर, प्लेकार्ड र झण्डाहरू प्रदर्शन गरे। धार्मिक भजन र सन्देशमूलक नाराहरूले र्‍यालीको वातावरणलाई उत्साहपूर्ण बनाएको थियो। स्थानीय बासिन्दा र दर्शकहरूले र्‍यालीलाई हौसला प्रदान गर्दै स्वागत गरे।

आजको अतिथिको विशेष आकर्षणमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका पूर्व अध्यक्ष तथा होन्डा मोटरसाइकल बिक्रेता चन्द्र कुँवरको सहभागिता रहेको थियो। उनले मोटरसाइकल र्‍यालीको आयोजनाले सामाजिक एकता र धार्मिक उत्साहलाई प्रोत्साहन गरेको भन्दै आयोजकलाई धन्यवाद दिए ।

मानवसेवा फाउण्डेशनले महायज्ञको प्रचारका लागि थप कार्यक्रमहरूको आयोजना गरिरहेको छ। फाउण्डेशनका अनुसार बैशाख १४ गते फेवातालमा डुङ्गा र्‍याली र बैशाख १६ गते बृहत् कलशयात्रा आयोजना हुनेछ। यसअघि बैशाख ११ गते साइकल र्‍याली र बैशाख १२ गते ट्याक्सी र्‍याली सम्पन्न भइसकेका छन्।

र्‍यालीको सफलताले पोखरेली जनतामा महायज्ञप्रति थप उत्साह जागेको आयोजकको ठहर छ। फाउण्डेशनले आगामी कार्यक्रमहरूमा सहभागी भई महायज्ञलाई भव्य र सभ्य बनाउन सबैमा अपिल गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ