पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २८ र कृषि सञ्जालको आयोजनामा कृषि गीत प्रतियोगिता, बाली उपचार शिबिर तथा रैथानी बाली प्रदर्शनी सम्पन्न भएको छ ।
कार्यक्रमा अन्तरगत भएको कृषि गीत प्रतियोगितामा मातृशिशु कृषि समूह प्रथम भएको छ । यस्तै काफलघारी पिपलडाली कृषक समूह द्धतीय, विमिरापानी कृषक समूह तृतीय र स्याङ्खुदी कृषक समूह शान्त्वना भए ।
प्रथम, द्धितीय, तृतीय र शान्त्वना हुने समूहले क्रमशः २०, १५, १० र ५ हजार नगद पुरस्कार प्राप्त गरे । कालिका महिला कृषक समूह भेषभुषा तर्फ उत्कृष्ट हुँदै नगद ५ हजार प्राप्त गर्यो।
प्रतियोगिताका उत्कृष्ट समूहलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर प्रमुख धनराज आचार्य, वडाध्यक्ष श्रीकृष्ण लामिछाने, वडासदस्य लगायत अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा १५ समूहको सहभागिता रहेको थियो ।
कार्यक्रम स्थालमा बाली उपचार शिविर पनि सञ्चालन गरिएको थियो । शिविरमा वडाका कृषहरुले नगदेवालीमा भएका समस्या वारेमा प्राविधिकसंग परामर्श लिएका थिए । भने रोगको पहिचान गरी उपचारका लागि परामर्श र औषधी वितरण गरिएको थियो ।
कार्यक्रममा वडामा उत्पादन हुने रैथानी बाली धान, मकै, जौँ लगायतका बिउबिजन प्रदर्शन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरले कृषि र पशुपालनमा दिर्घकालिन योजना बनाएर अगाडी बडेको जानकारी दिए । उनले पछिल्लो समय महानगरमा नगदे बालिको उत्पादन बढेको र आयत प्रतिष्थापन हुँदै गएको बताए ।
यस्तै महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरीयाले २८ नम्बर वडामा कृषिको विविधता रहेको बताए । धान, मकै, गहुँ, मरिच, मह, खशिबोका, दुध र तरकारी खेतीमा वडामा उत्पादन हुने गरेको कडरीयाले जानकारी दिए ।
कृषि ज्ञान केन्द्र, कास्कीका प्रमुख किरण सिग्देलले यहाँका जेठेबुडो लगायतका धानका बिउलाई जोगाएर राख्नुपर्ने बताए । उनले देशलाई खाध्यान्नमा आत्मनिर्भर बनाउने तर्फ ध्यान दिनुपर्ने उनको भनाई थियो ।
वडानम्बर २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले ग्रामिण वडा भएकाले कृषि उत्पादन बढाउनका लागि वार्षिक कार्यक्रम संचालन गरिएको जानकारी दिए । किसानलाई प्रोत्साहन गर्न अनुदानका कार्यक्रमहरु महानगर र वडामार्फत किसानको घरसम्म पुर्याइएको उनको भनाई थियो ।
कार्यक्रमका आयोजक कृषि संजाल पोखरा–२८ का अध्यक्ष राधाकृष्ण तिवारीले वडामा २० वटा कृषक समूह रहेको जानकारी दिए । सञ्जाल मार्फत किसानका आवाजहरुलाई उठाउने र सरकारका नीति तथा कार्यक्रममा समूहलाई जोड्ने प्रयास गरिएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णबहादुर केसी, प्याब्सन उपाध्यक्ष विरबहादुर बुढाथोकी, लेखनाथ उद्योग वाणिज्य संघ महासचिव जानुका पराजुली, वडासदस्य डाल्ला देवी भुजेल र विरेन्द्र भण्डारी, नेकपा एमाले वडानम्बर २८ उपाध्यक्ष लक्ष्मी पौडेल, सानाकिसान कृषि सहकारी माझठानाका उपाध्यक्ष सिताराम तिवारीले बोलेका थिए ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
नवौं संस्करणको वालिङ महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो