पोखरा । पोखरा– ८, नागढुङ्गास्थित नागमन्दिर संरक्षण समितिले हालै सम्पन्न गरेको नाग मन्दिर मर्मत सम्भार तथा जीर्णोद्वार कार्यमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरेको छ ।
समितिले उक्त कार्यको समिक्षाका लागि आयोजना गरेको समिक्षा बैठक समारोहमा ति सहयोगीहरु सम्मानित भएका हुन् । सम्मानित व्यक्तिहरुलाई समुहका अध्यक्ष कमला श्रेष्ठले खादा माला अबिरले सम्मान गरिन् ।
सोही समारोहमा समितिलाई पोखरा–८ एयरपोर्ट निवासी रुपा बराल र देवी पोखरेलले ६/६ थान प्लाष्टिक कुर्सी सहयोग प्रदान गरे । समारोहमा एयरपोर्ट टोल विकास संस्थाका अध्यक्ष संगिता तिमिल्सीना, निवर्तमान अध्यक्ष श्याम श्रेष्ठ, नागढुङ्गा आमा समुहका अध्यक्ष कमला केसी लगायतले नाग मन्दिर संरक्षण समितिले समुह गठनको छोटो समयमै सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेकोमा प्रशंसा गरे ।
संरक्षण समितिले मन्दिर संरक्षणका लागि पोखरा महानगरपालिका वडा नम्बर ८ को २ लाख तथा समितिकै १ लाख १३ हजार रुपैयाँ सहित ३ लाख १३ हजार खर्चमा बार लगाउने, ढुङ्गा विच्छाउने, रंगरोगन तथा शिला खेल तयार गरेको थियो । समितिका सचिव सिमा लामिछानेले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी