लायन्स क्लब पोखरा ब्लु स्काईको अध्यक्षमा दीपकराज निर्वाचित

नयाँ नेतृत्व

लायन्स क्लब पोखरा ब्लु स्काईको अध्यक्षमा दीपकराज निर्वाचित

deepak giri

पोखरा । लायन्स क्लब अफ पोखरा ब्लु स्काइको अध्यक्षमा दिपकराज गिरी निर्वाचित भएका छन् ।

लायन वर्ष २०२५/२६ को लागि अध्यक्ष पदमा निर्वाचन कार्यक्रमबाट गिरी अध्यक्षमा निर्वाचित भएका हुन् । गिरी सफलन्यूज डटकमका सम्पादक पनि हुन् ।

त्यसैगरी, क्लबको प्रथम उपाध्यक्षमा लोक कुमारी क्षेत्री, सचिवमा निर्मल पौडेल र कोषाध्यक्षमा रञ्जु गुरुङ निर्वाचित भएका छन् । क्लबका अन्य पदाधिकारी, सदस्य र विभाग प्रमुखहरू वैशाख १९ गते टुङ्गो लगाइने क्लबले जनाएको छ।

निर्वाचन कार्यक्रममा बोल्दै रिजन चियर पर्सन तथा क्लबका संस्थापक अध्यक्ष युवराज पौडेलले क्लबलाई दीगो राखी सामाजिक काममा अगाडि बढ्न नयाँ टीम अब्बल रहेको बताए ।

बिगतमा क्लबले गरेको कामहरु निकै प्रभाबकारी रहेकोले आगामी दिनमा समेत क्लबलाई उत्कृष्ट बनाउन पौडेलले आग्रह समेत गरे । क्लबका पुर्ब अध्यक्ष हरि बरालले क्लबले दीर्घकालीन कामहरुलाई प्राथमिकता राखेर काम गर्न जोड दिए ।

त्यसैगरी, क्लबका पूर्व अध्यक्ष कमल सुबेदीले क्लबलाई सामाजिक काममा अगाडि बढाउन आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वर्ष २०२४/२५ की अध्यक्ष बिन्दु शर्मा पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समितिका संयोजक दिपक अधिकारी, रञ्जु गुरुङ , निर्मल पौडेल, रामहरी तिवारीले नयाँ समितिलाई शुभकामना व्यक्त गर्दै क्लब सामाजिक सेवामा अगाडि बढ्नुपर्ने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ