पोखरा महानगरपालिका वडा नं.१५ मा आयोजना गरिएको तीन दिने उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ ।
पोखरा १५ वडा कार्यालयले विश्वकर्मा समाज नेपाल पोखरा १५ सँगको समन्वयमा विश्वकर्मा समाज नेपालमा आवद्ध महिला दिदी बहिनीलाई लक्षित गरेर तालिमको आयोजना गरेको थियो । बुधबारबाट सुरु भएको तालिममा समाजमा आवद्ध ४० भन्दा बढीको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै पोखरा १५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले समाजमा आवद्ध महिला दिदी बहिनीको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरेको तालिम फलदायी बनेको बताए । तालिममा सिकेको सीपलाई प्रयोग गर्दै आफ्नो बोल्ने तथा भाषण गर्ने कलामा थप निखारता प्रदान गर्न आग्रह गरे ।
पछिल्लो समयमा आसन ग्रहण र भाषण भन्दापनि काम गरेर जनतालाई त्यसको अनुभुति गराउने अभिप्रायले काम गरिरहेको उनको भनाइ थियो । प्रशिक्षार्थीले नै ढुक्कका साथ कार्यक्रम सञ्चालन र स्वागत सहित तालिमको बारेमा भनाइ राख्न सकेको भन्दै प्रशंसा गरे ।

पोखरा महानगरपालिका वडा नं. १५ का वडा सदस्य तथा कार्यपालिका सदस्य मन्दिरा परियारले समाजका महिलाको माग अनुसार तालिम आयोजना गरिएको बताइन् ।
तालिम मार्फत प्राप्त ज्ञानका कारण आगामी दिनमा विश्वकर्मा समाजमा आवद्ध महिलाले आफ्ना भनाइ निर्धक्कका साथ सबै माझ राख्न सक्ने विश्वास गरिन् । सिकेको सीपलाई व्यवहारमा लागू गर्न र नियमित रुपमा प्रयोग गर्न आग्रह गरिन् ।
कार्यक्रममा विश्वकर्मा समाज नेपालका अध्यक्ष रन बहादुर विश्वकर्मा, प्रशिक्षार्थी विन्देश्वरी विश्वकर्मा र जानुका विश्वकर्मा लगायतले बोलेका थिए । तीन दिने तालिममा सञ्चारकर्मी राजाराम पौडेल र सञ्जयकुमार मल्लले सहजीकरण गरेका थिए ।
समापन कार्यक्रममा पोखरा १५ का वडा सचिव युवराज पौडेल, वडा सदस्यहरू बलराम पौडेल, सेतीमाया गुरुङ, आशिष भण्डारी, विश्वकर्मा समाज नेपाल महिला समिति अध्यक्ष कौशिला बरायली लगायत विश्वकर्मा समाज नेपालका विभिन्न तहमा आवद्ध रहेकाहरू उपस्थित थिए ।
तालिमका सहभागीले तीन दिनको तालिमले माइक समाएर बाेल्न सक्ने अवस्थाको सिर्जना गरेको र नयाँ अनुभव लिन पाइएको भन्दै खुशी व्यक्त गरे । सिकेका ज्ञान व्यवहारमा प्रयोग गर्ने प्रतिवद्धता उनीहरूको थियो । समापन कार्यक्रममा सहभागीलाई वडाध्यक्ष बानियाँ सहितले प्रमाणपत्र वितरण गरे ।
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु