पोखरा । पछिल्लो दिनमा जन्मदिन तड्कभड्क भन्दा सामाजिक संघसंस्थालाई आर्थिक सहयोग गरेर मनाउने प्रचलन बढेको छ ।
स्वदेशमा होस वा विदेशमा रहेका नेपालीले आफ्नो परिवारका सदस्यको जन्मदिनका अवसरमा फजुल खर्च कटाएर असहाय एवम् विपन्न आश्रित संस्थालाई सहयोग गर्ने भावना बढेको हो ।
पोखरा महानगरपालिका वडा नं. १५ स्थायी घर भई रोजगारीका सिलसिलामा हङकङमा रहनु भएका इन्द्रबहादुर र सुमिता थापामगरले आप्mनो छोरी आरुमा थापामगरको जन्मदिनको अवसर पारेर पोखरा बृद्धाश्रमलाई १८ हजार नगद आर्थिक सहयोग गरेका छन् ।
पोखरा बृद्धाश्रममा आयोजित एक कार्यक्रमका बीच आरुमा थापालाई जन्मदिनको शुभकामना व्यक्त गर्दै नेपाल मगर संघ गलेश्वर इकाईका अध्यक्ष मिना रानामगरले वृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीलाई उक्त रकम हस्तान्तरण गरे ।
समाजका विपन्न, असहाय एवम् परिवारबाट अपहेलित जेष्ठनागरिकलाई गास, वास र कपासको व्यवस्था गर्दै उनीहरुको जिवनको बुढेस कालको लौरो वनेको आश्रममा हाले जेष्ठनागरिक र सेवक सेविका गरि कूल ५६ जना रहेको अध्यक्ष पराजुलीले जानकारी दिए ।
आश्रम विभिन्न संघसंस्था तथा व्यक्तिको आर्थिक सहयोगबाट सञ्चालन हुँदै आएको बताउँदै स्थापनादेखि हालसम्म त आँट म पुर्याउँछु भन्ने युक्ति पूर्णरुपले लागु भएको बताए । खानेकुरा भन्दा पनि बाबाआमालाई औषधि उपचारमा बढी खर्च हुने गरेको उनको भनाई छ ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो