पोखरा । पछिल्लो दिनमा जन्मदिन तड्कभड्क भन्दा सामाजिक संघसंस्थालाई आर्थिक सहयोग गरेर मनाउने प्रचलन बढेको छ ।
स्वदेशमा होस वा विदेशमा रहेका नेपालीले आफ्नो परिवारका सदस्यको जन्मदिनका अवसरमा फजुल खर्च कटाएर असहाय एवम् विपन्न आश्रित संस्थालाई सहयोग गर्ने भावना बढेको हो ।
पोखरा महानगरपालिका वडा नं. १५ स्थायी घर भई रोजगारीका सिलसिलामा हङकङमा रहनु भएका इन्द्रबहादुर र सुमिता थापामगरले आप्mनो छोरी आरुमा थापामगरको जन्मदिनको अवसर पारेर पोखरा बृद्धाश्रमलाई १८ हजार नगद आर्थिक सहयोग गरेका छन् ।
पोखरा बृद्धाश्रममा आयोजित एक कार्यक्रमका बीच आरुमा थापालाई जन्मदिनको शुभकामना व्यक्त गर्दै नेपाल मगर संघ गलेश्वर इकाईका अध्यक्ष मिना रानामगरले वृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीलाई उक्त रकम हस्तान्तरण गरे ।
समाजका विपन्न, असहाय एवम् परिवारबाट अपहेलित जेष्ठनागरिकलाई गास, वास र कपासको व्यवस्था गर्दै उनीहरुको जिवनको बुढेस कालको लौरो वनेको आश्रममा हाले जेष्ठनागरिक र सेवक सेविका गरि कूल ५६ जना रहेको अध्यक्ष पराजुलीले जानकारी दिए ।
आश्रम विभिन्न संघसंस्था तथा व्यक्तिको आर्थिक सहयोगबाट सञ्चालन हुँदै आएको बताउँदै स्थापनादेखि हालसम्म त आँट म पुर्याउँछु भन्ने युक्ति पूर्णरुपले लागु भएको बताए । खानेकुरा भन्दा पनि बाबाआमालाई औषधि उपचारमा बढी खर्च हुने गरेको उनको भनाई छ ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो