जोमसोम । मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट दुई गोठका ८ वटा च्यांग्रा मरेका छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—५ धार्काजुङ गाउँमा मंगलबार राती चितुवा खोर भित्र पसेर च्यांग्रा मारेको वारागुङ मुक्तिक्षेत्र—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।
ङातर गुरुङको ४ वटा खसी र एक माउ गरी ५ वटा च्यांग्रा चितुवाले मारेकाे हाे । यसबाट २ लाख २० हजार बराबरको नोक्सान भएकाे गुरुङले जानकारी दिए । पेम्बा गुरुङकाे माउ र पाठासहित ३ वटा च्यांग्रा मरेको छ । एउटा पाठा आक्रमणबाट घाईते भएको छ । ६५ हजार बढीको घाटा भएको पेम्बाले सुनाए । पेम्बाकाे गाेठमा पसेकाे चितुवा धपाएपछि ङातरको गोठमा पसेकाे थियाे ।
क्षतिकाे मूल्याङकन तथा घटनास्थलको विवरणसहितको मुचुल्का उठाउने कार्य भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यक्रम व्यवस्थापक एवं हिउँ चितुवा विज्ञ डा. मधु क्षेत्रीले घटनास्थलको अवलोकन गरेका थिए । क्षेत्रीले हिउँ चितुवा र मानवबिचको द्धन्द न्यूनिकरणका लागि आवश्यक अनुकुलनका उपाय अवलम्वन गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने सुझाए ।
उनले हिउँ चितुवाको आहाराको कमीले गर्दा पनि हिउँ चितुवा बस्ती नजिकको गोठमा पसेर च्यांग्रा क्षति गर्ने गरेकाले च्यांग्रा गोठ सुधार पहिलो आवश्यकता रहेको औल्याए । उनले वन्यजन्तुको तथा हिउँ चितुवाको जोखिम न्यूनिकरण गराउन उच्चलेंक र जंगलमा आहाार बढाउने गरी अनुसन्धान गर्नुपर्ने उल्लेख गरे ।
‘पुराना डेटाहरुले हिउँदको जाडो याममा हिउँ चितुवाको गतिविधि बढेको पाईएको छ’, हिउँ चितुवा विज्ञ क्षेत्रले भने, हिउँको रिसर्चको खाँचो छ, वन्यजन्तुको संरक्षण तथा मानव सम्पतीको रक्षा गर्ने दिर्घकालिन योजना अबको आवश्यकता हो ।’
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङले मुस्ताङमा मानव र हिउँ चितुवाबिचको द्धन्द बढ्दै जान थालेकोप्रति चिन्ता व्यक्त गरे । पालिका अध्यक्ष गुरुङले जलवायु परिवर्तनका कारण हिउँ चितुवाको आहारा नावर उच्चलेंकबाट बेसी झर्न थालेको र त्यसलाई पछ्याउँदै गर्दा हिउँ चितुवाले पशु गोठमा क्षति पुर्याउने गरेको दावी गरे ।
उच्चलेंकमा खानेपानीको स्रोत घट्ने र चरनक्षेत्रमा घाँस पलाउने कम हुँदा हिउँ चितुवाको आहारा नाउर बस्ती नजिक आउने गरेको अध्यक्ष गुरुङले जनाए । स्थानीय किसानको पशुधनको रक्षा गर्न सरोकारवाला कार्यालयहरुले भरपर्दो पूर्वाधार निर्माणमा अनुदानका कार्यक्रम ल्याउन आवश्यक रहेको अध्यक्ष गुरुङले सुझाए ।–
– सुन्दर कुमार थकाली
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन