गोरु काटेको आरोपमा एकजना पक्राउ

गोरु काटेको आरोपमा एकजना पक्राउ

arrest_one

स्याङ्जा प्रहरीले गोरु काटेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका – १२ पेल्काचौर सिम्लेका ४० वर्षीय टेक भन्ने डम्बरबहादुर गुरुङ रहेका छन् ।

वैशाख १६ गते गुरुङले गोरु काटेको सूचना पाएपछि प्रहरीले खोजतलास गर्ने क्रममा उनलाई १७ गते दिउँसो पक्राउ गरेको हो । तत्काल फरार रहेका गुरुङलाई लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आफ्नै घर पालेको गोरुलाई घर नजिकै बारीमा लगेर काटेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

गुरुङले गोरु काटेर मासु टुक्राटुक्रा बनाई घरको आगनमा त्रिपालभित्र बेरेर लुकाएर राखेको अवस्थामा फेला परेको डिएसपी पौडेलले बताए ।

गोरु काट्नेलाई पशुपन्छी सम्बन्धी कसुर मुद्दा दर्ता गरिएको प्रहरीले बताएको छ । अपराध संहिता २०७४ को फौजदारी कसुर ऎनको परिच्छेद २७ मा पशुसम्बन्धीको कसुर गरेमा तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds