पोखरा । पोखरा महानगरपालिका वडा नं. २, मिरुवामा आजदेखि नयाँ इलेक्ट्रिक भेहिकल (EV) चार्जिङ स्टेशन सञ्चालनमा आएको छ। बागलुङ राजमार्गमा अवस्थित बिन्ध्यवासिनी मन्दिरबाट करिब २०० मिटर उत्तरतर्फ रहेको यो चार्जिङ स्टेशनले इलेक्ट्रिक गाडी प्रयोगकर्ताहरूका लागि ठूलो राहत प्रदान गर्ने अपेक्षा गरिएको छ।
यो चार्जिङ स्टेशनको शुभारम्भ लामो समयदेखि इलेक्ट्रोनिक व्यवसायमा सक्रिय गुडविल इलेक्ट्रोनिक्सका प्रोप्राइटर कमल श्रेष्ठले गर्नुभएको हो। “EV-GO” FAST CHARGING STATION यो चार्जिङ स्टेशनमा हाल ८० किलोवाट क्षमताको चार्जर जडान गरिएको छ, जसले गाडीको ब्याट्रीलाई ३० मिनेटमा २०% देखि ८०% सम्म चार्ज गर्न सक्छ।
श्रेष्ठका अनुसार, यो स्टेशनमा एकैपटक ४ वटा इलेक्ट्रिक गाडीहरू द्रुत गतिमा चार्ज गर्न सकिने सुविधा छ। “हामीले यात्रुहरूको सहजताका लागि यो चार्जिङ स्टेशन सञ्चालनमा ल्याएका हौं। आवश्यकता अनुसार भविष्यमा थप चार्जरहरू पनि जडान गर्ने योजना छ,” उनले भने।

यो चार्जिङ स्टेशन विशेष गरी बिन्ध्यवासिनी मन्दिर दर्शन गर्न आउने श्रद्धालुहरू र कुस्मा, पर्वत, बागलुङ हुँदै मुक्तिनाथ जाने यात्रुहरूलाई लक्षित गरेर बनाइएको हो। बागलुङ राजमार्गमा पर्ने यो स्थानमा चार्जिङ स्टेशन सञ्चालनमा आएसँगै इलेक्ट्रिक गाडी प्रयोगकर्ताहरूको यात्रा अझ सहज र भरपर्दो हुने यात्रुहरूले अपेक्षा गरेका छन्।
चार्जिङ स्टेशनमा आधुनिक डिजिटल डिस्प्ले र प्रयोगकर्ता-अनुकूल इन्टरफेससहितको चार्जर जडान गरिएको छ। पोखरामा इलेक्ट्रिक गाडीको प्रयोग बढ्दै गएको सन्दर्भमा यो चार्जिङ स्टेशनले दिगो यातायात र वातावरण संरक्षणमा पनि योगदान पुर्याउने विश्वास लिइएको छ। स्थानीय बासिन्दा र मुक्तिनाथ दर्शन गर्न EV गाडी लिएर हिँडेका श्रद्धालुहरूले पनि यो स्टेसन खोलेपछि निकै सहज भएको र धन्यवाद र आशीर्वाद पनि दिएका छन्। यो सुविधाको स्वागत गर्दै आगामी दिनमा यस्ता चार्जिङ स्टेशनहरू थप विस्तार गर्नुपर्ने सुझाव दिएका छन् I
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु